मासिक २४ हजार वा ३१ हजारमा रेनो काइगर लिन सकिने : यस्तो छ व्यवस्था

नेपाली बजारमा रेनो काइगर सिंगल टोन र डबल टोन तथा टर्बो पेट्रोल गरी तीन मोडलमा रहेको छ । यी सबैमा पनि फरक फरक भेरिएन्टमा सो एसयूभी उपलब्ध छ ।

रेनो काइगरको सबैभन्दा कम मूल्यको भेरिएन्ट सिंगल टोन आरएक्सईको मूल्य २९ लाख ९९ हजार रुपैयाँ छ । सिंगल टोन विभिन्न ८ भेरिएन्टमा उपलब्ध छ र यसको मूल्य ३९ लाख ४९ हजार रुपैयाँ सम्म छ । त्यसैगरी डबल टोन विभिन्न ६ भेरिएन्टमा रहेको छ र यसको मूल्य ३२ लाख १५ हजार देखि ३९ लाख ८४ हजार रुपैयाँ सम्म छ । टर्बो इन्जिनयुक्त रेनो काइगर विभिन्न ४ भेरिएन्टमा रहेको छ र यसको मूल्य ४० लाख १५ हजार देखि ४२ लाख ९९ हजार रुपैयाँ सम्म छ ।

सिंगल टोन र डबल टोन म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छन् भने टर्बो इन्जिनयुक्त रेनो काइगर चाहिं म्यानुअल ट्रान्समिसनमा मात्र उपलब्ध छ ।

रेनो काइगर सीएमएफ–ए प्लस प्लेटफर्ममा विकसित गरिएको सब फोर मिटर एसयूभी हो । रेनो काइगर १.० लिटर पेट्रोल इन्जिनले ७१ बीएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ ।

कुनै व्यक्तिले रेनो काइगर किन्नु परेमा नेपालमा रेनो गाडी बिक्री–वितरण गरिरहेको एड्भान्स्ड अटोमोबाइल्सले विभिन्न छुट र अफरको व्यवस्था गरेको छ । त्यसैले रेनो काइगर किन्नु परेमा पाइने छुट समेत उपलब्ध हुनेछ ।

कुनै व्यक्तिले सबैभन्दा कम मूल्यको रेनो काइगर किन्नु प¥यो भने रेनो काइगर सिंगल टोन आरएक्सई म्यानुअल ट्रान्समिसन किन्न सकिन्छ । यसको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसमा सिधै ५० हजार रुपैयाँ कम्पनीले छुट उपलब्ध गराएको छ ।

यस अनुसार बाँकी २९ लाख ४९ हजार रुपैयाँलाई आफू अनुकूलको स्किममा किन्न सकिन्छ । फाइनान्समार्फत गाडी खरिद गर्नका लागि व्यक्तिले शुरुमा कमसेकम ५० प्रतिशत रकम बुझाउनु पर्ने व्यवस्था छ । यस अनुसार आफूले २९ लाख ४९ हजारको ५० प्रतिशत रकम १४ लाख ७४ हजार ५ सय नगद नै बुझाउनु आवश्यक छ । बाँकी ५० प्रतिशत रकमलाई फाइनान्स गरेर किस्ताबन्दीमा तिर्न सकिन्छ ।

यसरी तिर्दा ५ वर्ष वा ७ वर्ष सम्म लगातार मासिक किस्ता तिर्ने गरी विभिन्न बैंकहरुले ब्याजदरको व्यवस्था गरेका छन् । सामान्यतः ७ देखि १२ प्रतिशतको दरमा विभिन्न बैंकहरुले यस्तो सुविधा उपलब्ध गराइरहेका हुन्छन् ।

यसका आधारमा औसतमा १० प्रतिशत ब्याजको गणना गर्दा ७ वर्ष सम्म तिर्नेले मासिक २४ हजार ५ सय र ५ वर्षमै तिरिसक्नेले मासिक रुपमा ३१ हजार ५ सय रुपैयाँ जति तिर्नुपर्छ ।

कुनै कम्पनीले यसरी किस्ताबन्दीमा गाडी किन्नु परेमा भने ३० प्रतिशत मात्रै रकम शुरुमा बुझाएर बाँकी रकम विस्तारै बुझाउन सकिने व्यवस्था छ । यस अनुसार यो गाडीका लागि कम्पनीले शुरुमा ८ लाख ८४ हजार ७ सय रुपैयाँ मात्र बुझाए पुग्छ । बाँकी २० लाख ६४ हजार ३ सय रुपैयाँ किस्ताबन्दीमा तिर्दा हुन्छ ।

त्यसैगरी विभिन्न मोडलका गाडीहरुको मूल्य अनुसार किस्ताबन्दीको रकम पनि फरक फरक छ । रेनो गाडी किनिसके पछि ५ वर्ष वा १ लाख किलोमिटर गुड्दा सम्म इन्जिन र गियरबक्समा वारेन्टी पाइन्छ । त्यसैगरी २ वर्ष वा ३ पटक निःशुल्क सर्भिसिङ उपलब्ध हुन्छ ।

सम्बन्धित समाचारहरू

रेनोले ९ लाख कार बेच्दै नयाँ कीर्तिमान बनायो, अब नयाँ कार ल्याउने तयारीमा

रेनोले ९ लाख कार बेच्दै नयाँ कीर्तिमान बनायो, अब नयाँ कार ल्याउने तयारीमा

फ्रान्सेली अटोमोबाइल कम्पनी रेनोले नयाँ रेकर्ड बनाएको छ । कम्पनीले ११...

रेनोले हाइड्रोजन कार ल्याउने, सार्वजनिक ग-यो कन्सेप्टको पहिलो टिजर

रेनोले हाइड्रोजन कार ल्याउने, सार्वजनिक ग-यो कन्सेप्टको पहिलो टिजर

रेनोले आगामी दिनमा कन्सेप्ट कारको टिजर इमेज सार्वजनिक गरेको छ । हेर्दा...

रेनो क्विडको २०२२ मोडल सार्बजनिक, नयाँ भेरियन्ट आरएक्सएल(ओ) भयो थप

रेनो क्विडको २०२२ मोडल सार्बजनिक, नयाँ भेरियन्ट आरएक्सएल(ओ) भयो थप

फ्रेन्च अटो निर्माता रेनोले क्विडको २०२२ मोडललाई भारतीय बजारमा सार्बजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...