बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाली बजारमा एमजी गाडी किन्नेहरुका लागि कम्पनीले चाडवर्प लक्षित आफ्ना उत्पादनमा ७ लाखसम्मको छुट अफर गरेको छ । नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ‘दसैं तिहारको उमंग, एमजीको अफरसँग’ नामक स्किम ल्याएको छ ।
यस अन्तर्गत नगद छुट, एक वर्षको बीमा, थप एसेसरिज, एक वर्षको सडक दस्तुर र लोयल्टी वोनस दिने घोषणा गरेको छ ।
एमजीले आफ्नो जीएस मोडलमा ३ लाख नगद छुट र ५० हजारसम्मको लोयल्टी वोनस दिने जनाएको छ । एमजीकै जेडएसमा भने ग्राहकले २ लाख ५० हजार नगद छुट पाउनेछन् । एमजीको सेडान कार एमजी ६ मा पनि कम्पनीले थप छुटको घोषणा गरेको छ ।
नेपाली बजारमा एमजी जेडएस गाडीको मूल्य ५३ लाख ५० हजार देखि ५९ लाख ६० हजार र एमजी जीएसको मूल्य ५८ लाख देखि ८१ लाख ५० हजार रुपैयाँ सम्म छ । त्यसैगरी एमजी ६ को मूल्य ५७ लाख ५० हजार देखि ६९ लाख रुपैयाँ सम्म छ ।
नेपाली बजारमा एमजी जेडएस ईभी समेत उपलब्ध छ । यसको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
्
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...