कसरी बन्छन् मेट्रो ट्रेन अपरेटर ? यस्तो छ आकर्षण

भारतमा मेट्रो ट्रेन निकै नै लोकप्रिय छ । यसको नियन्त्रण गर्ने कार्य राज्य सरकारको हुन्छ । मेट्रो ट्रेनको लागि विभिन्न पदमा स्थायी र अस्थायी रुपमा भर्ती गरिन्छ । मेट्रो ट्रेन अपरेटरको मुख्य काम ट्रेन कन्ट्रोल सिस्टमका अनुसार ट्रेन चलाउनु हो । आवश्यकता अनुसार सानो ठुलो कुनै पनि खराब स्थितिमा ट्रेनको म्यानुअल रुपमा चलाउनु पनि यसको कार्य हो ।

मेट्रो ट्रेनमा नियुक्ति पछि अपरेटरलाई स्टेशन कन्ट्रोलर समान प्रशिक्षण गरिन्छ । जसमा ओरिएन्टेशन, फस्र्ट एड, फायर फाइटिङ, सेक्युरिटी, स्टेशन म्यानेजमेन्ट, रोलिङ स्टक, सिग्नलिङ, टेलिकम, अटोमेटिक फेयर कलेक्शन सिस्टम, ड्राइभिङ स्किल्स, रुट लर्निङ÷टेस्ट÷ट्रयाक÷स्टिम्युलेट ड्राइभिङ, सामान्य नियम एवं प्रतिक्रिया, राम्रो अंग्रेजी भाषाको ज्ञान, कस्टमर ओरिएन्टेशन एवं सफ्ट स्किल्स, फेल्योर म्यानेजमेन्ट र कुनै पनि खराब मौसममा तयारी अवस्थामा हुने आदि पर्छ ।

योग्यता
ट्रेन अपरेटर हुनका लागि कुनै पनि विश्वविद्यालय वा संस्थानबाट इन्जिनियरिङमा ३ वर्षको डिप्लोमा वा स्नातक डिग्री हुनुपर्छ । साथै कुनै पनि मान्यता प्राप्त बोर्डबाट १२ कक्षाको म्याथमेटिक्स वा फिजिक्स पढेको हुनुपर्छ । मेट्रो रेल सिग्नलिङ र रोलिङ स्टक अपरेशन्सको लागि लेटेस्ट टेक्नोलोजीको अनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइन्छ ।

उमेर
ट्रेन अपरेटर हुनका लागि उम्मेदवार २१ देखि ३० वर्ष बीचको हुनु आवश्यक छ । कुनै कुनै मेट्रो स्टेशनका लागि अधिकतम ४० वर्षको उमेरलाई पनि मान्यता दिइन्छ ।

चयन प्रक्रिया
ट्रेन अपरेटर उम्मेदवार चयनका लागि शैक्षिक योग्यता, लिखित परिक्षा र व्यक्तिगत अन्तरवार्ताबाट चयन गरिन्छ । यदि कुनै पदका लागि उम्मेदवार कम भएमा शैक्षिक रेकर्ड र व्यक्तिगत अन्तरवार्ताबाट पनि चयन गर्न सकिन्छ ।

ट्रेन अपरेटरको तलब
ट्रेन अपरेटरको तलब प्रति महिना १४ हजार देखि २६ हजार ९५० भारु सम्म तोकिएको छ । यद्यपि भारतमा ट्रेन अपरेटरको तलब त्यहाँको राज्य सरकारको नियमको आधारमा पनि तोकिएको हुन्छ । यी वाहेक अन्य विभिन्न सुविधा समेत उपलब्ध हुन्छ ।

सम्बन्धित समाचारहरू

नयाँ वर्षमा ब्रम्बी ईभी किन्दा ३ लाख रुपैयाँ छुट

नयाँ वर्षमा ब्रम्बी ईभी किन्दा ३ लाख रुपैयाँ छुट

काठमाडौं–बीएडब्लु ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले...

औपचारिक लन्च पहिले आइकार भी२३ को पहिलो झलक सार्वजनिक, एसयूभी श्रेणीमा नयाँ परिभाषा दिने

औपचारिक लन्च पहिले आइकार भी२३ को पहिलो झलक सार्वजनिक, एसयूभी श्रेणीमा नयाँ परिभाषा दिने

काठमाडौं – नेपालमा ओमोडा एन्ड जेइको गाडीको आधिकारिक वितरक एसपीजी...

सेल्फ ड्राइभिङ ट्रकले पार ग-यो १५२८ किमी दुरी, मानव ड्राइभर भन्दा १० घण्टा छिटो

सेल्फ ड्राइभिङ ट्रकले पार ग-यो १५२८ किमी दुरी, मानव ड्राइभर भन्दा १० घण्टा छिटो

फुल्ली अटोनोमस ट्रक तर्फको यात्रा चुनौतीपूर्ण भए पनि यो अब प्राप्त गर्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...