बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
‘मेरोअटो अटोमोटिभ कनक्लेभ २०८२’ आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले आज दोस्रो संस्करणको अटोमोटिभ कनक्लेभ होटल अलफ्ट, ठमेलमा आयोजना गर्न लागेको हो । कार्यक्रम दिउँसो २ः३० बजे सुरू हुनेछ ।
अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक हरि गजुरेलले अर्थतन्त्रको मेरुदण्ड अटोमोबाइल क्षेत्रको समग्र पक्षबारे सरोकारवालाहरू बीच बृहत् छलफल गराउने उद्देश्य कनक्लेभ आयोजना गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार कनक्लेभमा ‘नेपालको अटो सेक्टर आउटलुक : बैंकिङ लगानी र नियामकको भूमिका’ शीर्षकमा प्यानल डिस्कसन हुनेछ । जहाँ अटो क्षेत्रका विद्यमान समस्या, चुनौती, सरकारले लागू गरेका नीति, आगामी योजना, अटो क्षेत्रबाट राज्यले प्राप्त गर्न सक्ने लाभ, ईभीको बढ्दो विस्तार, युरो सिक्स मापदण्डको प्रभाव, बैंकिङ क्षेत्रको भूमिका लगायत विषयमा छलफल हुनेछ ।
कनक्लेभमा प्यानालिष्टको रूपमा नेपाल राष्ट्र बैंकका निर्देशक शुभाषचन्द्र घिमिरे, अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई र सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ रहेका छन् । मेरोअटोका प्रधान सम्पादक सागर गजुरेल सहजकर्ताको भूमिकामा रहने छन् ।
कनक्लेभमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैंक, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, अटोमोबाइल क्षेत्रका विज्ञ लगायत सरोकारवालाको सहभागिता रहने छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...