बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
लक्जरी कार निर्र्माता कम्पनी मर्सिडिजले भारतमा पहिलो अल इलेक्ट्रिक एसयूभी मर्सिडिज ईक्युसी लन्च गरेको छ । पहिलो ५० युनिट कार किन्ने ग्राहकका लागि यसको मूल्य ९९ लाख ३० हजार भारु तोकिएको छ ।
सो कारको ब्याट्रीलाई फुल चार्ज गर्दा ४ सय किलोमिटर गुडाउन सकिन्छ र ब्याट्रीमा ८ वर्षको वारेन्टी दिइएको छ ।
मर्सिडिज ईक्युसीमा फ्लोर माउन्टेड ८० किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ, जसले कारमा भएका दुई इलेक्ट्रिक मोटरलाई पावर दिन्छ । यसमा भएको एक मोटरले अगाडिको पांग्रा र अर्कोले पछाडिको पांग्रामा बल प्रदान गर्छ । सो मोटरले ४०८ एचपी पावर र ७६५ एनएम टर्क जेनेरेट गर्छ ।
मर्सिडिजको यो इलेक्ट्रिक एसयूभीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको स्पिड लिनका लागि ५.१ सेकेन्ड मात्र समय लगाउछ । यसको टप स्पिड १८० किमी प्रतिघण्टा छ । फुल चार्ज हुँदा यसले ४ सय किलोमिटर भन्दा धेरै यात्रा गर्न सहयोग गर्ने दावी गरिएको छ ।
कम्पनीका अनुसार साधारण चार्जरले चार्ज गर्दा फुल चार्ज हुन १० घण्टा लाग्छ । तर डीसी फास्ट चार्जरबाट ९० मिनेटमै फुल चार्ज हुन्छ । सो गाडीमा विन्डस्क्रिन ककपिट, फ्रन्ट र रियरमा एलईडी स्ट्रिप लाइट, १२.३ इन्चको ड्युअल इन्फोटेनमेन्ट स्क्रिन र फ्रन्ट रो मा मसाज फङ्सनलगायतका धेरै लक्जरी फिचर उपलब्ध छन् ।
मर्र्सिडिजको यो इलेक्ट्रिक कारको सिधा प्रतिस्पर्धा औडी ई–ट्रोन, ज्यागुअर आई–पेस र पोस्र्चे ई–टेक्यान जस्ता गाडीसँग हुनेछ ।
नेपाली बजारमा भने हाल यस्तो गाडी आउने सम्भावना छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...