एमएडब्लु बृद्धिले बालकुमारी र बसुन्धरामा नयाँ ईभी सर्भिस सेन्टर विस्तार गर्ने

काठमाडौं–एमएडब्लु वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक ईभी डेडिकेटेड सर्भिस सेन्टर सञ्चालन गर्न लागेको छ ।

ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउन शहरका प्रमुख स्थानमा नयाँ सर्भिस सेन्टर सञ्चालन गर्न लागिएको हो । यी सर्भिस सेन्टरले एमएडब्लुका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

यी सर्भिस सेन्टर एमएडब्लु बृद्धिले बिक्री गर्ने दिपाल, डोङफेङ र सेरेस ब्रान्डका विद्युतीय सवारी साधनका लागि मात्र समर्पित हुने जनाइएको छ ।

कम्पनीका अनुसार, सर्भिस सेन्टरमा २५ वटा विशेष सर्भिस वेहरू रहनेछन्, जसले धेरै संख्याका गाडीलाई एकैपटक सजिलो, सुक्ष्म र दक्ष रूपमा मर्मत गर्न सक्ने क्षमता राख्नेछ ।

यस विस्तारसँगै एमएडब्लु वृद्धिको ईभी सर्भिस सेन्टरको संख्या तीन पुग्नेछ । आफ्टर सेल्स सर्भिस र ग्राहकको विश्वासमा निरन्तर ध्यान दिँदै आएको एमएडब्लु वृद्धिले यसका माध्यमबाट ग्राहक सन्तुष्टि र दीर्घकालीन सेवा सम्बन्धि प्रतिबद्धतालाई अझ मजबुत बनाउने प्रयास गरिरहेको छ ।

नयाँ सर्भिस सेन्टरहरू आगामी ३ देखि ५ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । जसले नेपालको ईभी सेवा क्षेत्रमा नयाँ बेन्चमार्क स्थापित गर्नेछ ।

सम्बन्धित समाचारहरू

सिंहदरबारभित्र चार्जिङ स्टेशन निर्माण हुने

सिंहदरबारभित्र चार्जिङ स्टेशन निर्माण हुने

मुलुकको प्रुमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ...

११ महिनामा बीवाईडीले बेच्यो ३७ लाख ५७ हजार बढी गाडी, नोभेम्बरमै बिक्री भए ५ लाख बढी एनईभी

११ महिनामा बीवाईडीले बेच्यो ३७ लाख ५७ हजार बढी गाडी, नोभेम्बरमै बिक्री भए ५ लाख बढी एनईभी

चाइनिज ईभी ब्रान्ड बीवाईडीले नोभेम्बर महिनामा ५ लाख ६ हजार ८ सय भन्दा बढी...

गोदावरी इलेक्ट्रिक मोटर्सको पहिलो इलेक्ट्रिक स्कुटर ईब्लु फियो लन्च, कस्तो छ स्कुटर ?

गोदावरी इलेक्ट्रिक मोटर्सको पहिलो इलेक्ट्रिक स्कुटर ईब्लु फियो लन्च, कस्तो छ स्कुटर ?

गोदावरी इलेक्ट्रिक मोटर्सले भारतमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...