चाडपर्वको पहिलो संकेत – आयो सुजुकी पर्वोत्सव, दशै तिहारको अवसरमा नगद छुट र अन्य सुविधा
काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्प मार्फत...
मारुती सुजुकीको बहुप्रतिक्षित नयाँ एसयूभीको नाम सार्वजनिक भएको छ। पहिला वाई–१७ कोडनेम दिइएको सो मोडललाई अहिलेसम्म मारुती एस्कुडोको रूपमा चिनिँदै आएको थियो। तर, अब यसको आधिकारिक नाम "भिक्टोरिस" भएको खुलेको छ।
मारुती भिक्टोरिसलाई कम्पनीले आफ्नो एसयूभी लाइनअपमा ब्रेजा र ग्रान्ड भिटाराको बीचमा राख्ने तयारी गरेको छ। सो नयाँ मोडल सुजुकीको ग्लोबल–सी प्लेटफर्ममा आधारित हुनेछ । सो प्लेटफर्म साझेदारीले उत्पादन लागत घटाउने अपेक्षा गरिएको छ भने, भिक्टोरिसले ग्रान्ड भिटारा र टोयोटा हाइराइडरमा पाइने सुविधाहरू समेत पाउनेछ।
नयाँ भिक्टोरिसको लम्बाई ४३४५ एमएम हुनेछ । यसले हुन्डाई क्रेटा र किया सेल्टोस जस्ता लोकप्रिय मोडलसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै आगामी २०२६ मा आउने किया सेल्टोस फेसलिफ्ट, स्कोडा कुशाक फेसलिफ्ट र फक्सवागन टाइगुन फेसलिफ्टलाई पनि सो नयाँ एसयूभीले चुनौती दिने अपेक्षा गरिएको छ।
मारुती भिक्टोरिसमा ग्रान्ड भिटारा र टोयोटा हाइराइडरको इन्जिन प्रयोग गरिने छ । यसमा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन हुनेछ, जसले १०३ पीएस पावर र १३९ एनएम टर्क उत्पादन गर्नेछ। सो इन्जिन ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक गियरबक्स विकल्पमा उपलब्ध हुनेछ । साथै १.५ लिटर स्ट्रङ हाइब्रिड पावरट्रेन पनि प्रस्ताव गरिनेछ, जसको संयुक्त पावर ११५.५ पीएस हुनेछ ।
मारुतीले भिक्टोरिसको सीएनजी भेरिएन्ट पनि उपलब्ध गराउने तयारी गरेको छ। सीएनजी मोडमा यसले ८८ पीएस पावर दिनेछ। भिक्टोरिसको आधिकारिक लन्च आगामी सेप्टेम्बर ३, २०२५ मा हुने तय गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...