वागन आर बन्यो भारतमा सर्बाधिक बिक्री हुने कार, टप १० को सूचीमा टाटा नेक्सनको इन्ट्रि
सन् २०२१ मा भारतीय बजारमा सर्बधिक बिक्री हुने कारको पहिलो सूचिमा मारुती...
मारुती सुजुकीको लोकप्रिय कम्प्याक्ट सेडान डिजायरले भारतमा ३० लाख युनिट बिक्रीको ऐतिहासिक उपलब्धि हासिल गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। निरन्तर उच्च मागका कारण सो कार विगत केही महिनादेखि कम्पनीको सर्वाधिक बिक्री हुने मोडलमध्ये एक बनेको छ।
कम्पनीका अनुसार डिजायर सन् २०२५ मा सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ । गत वर्ष मात्र सो कार २ लाख १४ हजारभन्दा बढी युनिट बिक्री भएको थियो । यसको प्रमुख कारण २०२४ को अन्त्यतिर लन्च गरिएको नयाँ मोडललाई मानिएको छ। नयाँ संस्करणमा गाडीको एक्सटेरियर र इन्टेरियर डिजाइनमा महत्वपूर्ण सुधार गरिएको छ, जसले बिक्री वृद्धिमा उल्लेखनीय योगदान पुर्याएको देखिन्छ।
नयाँ डिजायरमा जेड–सिरिज पेट्रोल इन्जिन प्रयोग गरिएको छ । पेट्रोल भेरिएन्टले करिब २५.७१ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ भने सिएनजी भेरिएन्टले झण्डै ३३ किलोमिटर प्रतिकिलोग्राम माइलेज दिन्छ।
सुविधाका हिसाबले पनि नयाँ डिजायरमा पहिलो पटक यस सेगमेन्टको कारमा इलेक्ट्रिक सनरुफ समावेश गरिएको छ। सुरक्षित पार्किङका लागि ३६० डिग्री क्यामेरा उपलब्ध छ भने ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले जडान, साथै स्मार्टवाच कनेक्टिभिटी सुविधा पनि दिइएको छ।
साथै सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी र हिल होल्ड असिस्ट जस्ता फिचर सबै भेरिएन्टमा उपलब्ध गराइएको छ । सो गाडीले ग्लोबल एनक्याप र भारत एनक्याप दुवै क्र्यास टेस्टमा फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ।
सन् २०२१ मा भारतीय बजारमा सर्बधिक बिक्री हुने कारको पहिलो सूचिमा मारुती...
मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई भिटारा’ सेप्टेम्बर ३ मा...
जापानी अटोमोबाइल निर्माता कम्पनी सुजुकीले हाल साइड बिजनेसको रुपमा भारतीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...