मारुती सुजुकीले हाल सेकेन्ड जेनेरेसन सिलेरियो ह्याचब्याकमा काम गरिरहेको छ । रिपोर्टका अनुसार सो कार यही वर्षको मेमा लन्च गर्ने सम्भावना रहेको छ ।
मारुतीको सो नयाँ कार हार्टटेक प्लेटफर्ममा आधारित हुनेछ । सो प्लेटफर्ममा वागनआर र एस–प्रेसो जस्ता कारको पनि काम हुन्छ । नयाँ मोडलमा बढी क्याबिन स्पेस रहेको छ । कारको डिजाइनको कुरा गर्ने हो भने नयाँ मोडल हाल उपलब्ध मोडल भन्दा ठूलो, नयाँ डिजाइन र फ्रेस लुकको हुनेछ ।
नयाँ सेलेरियोमा १.० लिटर ३ सिलिन्डर के१०बी नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनको प्रयोग गरिएको छ । जसको प्रयोग हाल उपलब्ध मोडलमा पनि गरिएको छ । सो इन्जिनले ६८ पीएसको पावर र ९० एनएमको टर्क जेनेरेट गर्छ ।
सो कारको फिचरमा केही अपडेट गरिएको छैन । यसमा पुरानै फिचरहरु समावेश गरिएको छ । पुरानो मोडलमा ब्लुटुथ इन्टरटेनमेन्ट सिस्टम, स्टेयरिङ माउन्टेड अडियो कन्ट्रोल, सिट हाइट एड्जस्ट, पावर विन्डो र म्यानुअल एसी जस्ता फिचर रहेको छ ।