बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
टु–ह्विलर स्टार्टअप कम्पनी ओक्र्सा इनर्जीजले भारतमा नयाँ इलेक्ट्रिक मोटरसाइकल मेन्टिस लन्च गरेको छ । ३ लाख ६० हजार भारु निर्धारण गरिएको सो नयाँ मोटरसाइकलले अल्ट्राभ्वाइलेट एफ-७७ संग प्रतिस्पर्धा गर्ने देखिएको छ ।
२०.५ किलोवाट पिक पावरको लिक्वड कुल्ड मोटर जडान गरिएको सो नयाँ मोटरसाइकलले ९३ एनएम टर्क जेनेरेट गर्ने समाथ्र्य राख्दछ । साथै यसमा दिइएको ८.९ किलोवाट अवारको ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा २११ किलोमिटर रन्ज पाउन सकेन दावी गरिएको छ । मोटरसाइकललाई १३५ किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।
सो मोटरसाइकललाई १.३ किलोवाटको स्टयन्डर्ड चर्जरले ५ घण्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने ३.३ किलोवाटको ब्लिज चार्जरको साहयतामा जम्मा २ घण्टा ३० मिटेमै फुल चार्ज गर्न सकिन्छ । यसको ब्याट्री र मोटरमा कम्पनीले ३ वर्ष अर्थात ३० हजार किलोमिटरको वारेन्टि दिएको छ ।
सो नयाँ मोटरसाइकलमा ४१ एमएमको टोलिस्कोपिक फोर्क र मोनोशक सस्पेन्सन दिइएको छ भने दुवै चक्कामा डिस्क बे्रेक र डुअल च्यानल एविएस राखिएको छ । १४५० एमएम ह्विलवेश भएको बाइकको ग्राउन्ड क्लिरियन्स १८० एमएम छ ।
फिचरको कुरा गर्नुपर्दा यसमा ब्लुतुथ कनेक्टिभिटी र नेभिगेसन सपोर्ट गर्ने ५ इन्चको टिएफटी इन्स्ट्रयुमेन्ट कन्सोल, ट्विन प्रोजेक्टर एलइडी हेडलाइट, रिजेनेरेटिभ ब्रेकिङ, साइड स्ट्यान्ड सेन्सर र राइड–वाई–वायर टेक्नोलोजी लगायत अन्य थुप्रै विशेषता पाउन सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...