बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
नेपाली अटो बजारमा पछिल्लो समय मलेसियन ब्रान्ड प्रोटोन भित्रिएको छ । त्यसो त प्रोटोन नेपाल भित्रिएको यो पहिलोपटक भने होइन । यसअघि गोल्छा अर्गनाइजेसन र कन्स्ट्यान्ट बिजनेस ग्रुप आधिकारिक बितरक बनिसकेको प्रोटोन मलेसियाको चर्चित अटोमोबाइल ब्रान्ड हो ।
देशकै ठूलो र प्रतिष्ठित औद्योगिक घरना शंकर ग्रुपले यो ब्रान्डलाई पुनः नेपाल भित्र्याएको हो । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स गुमनाम प्रायः बनिसकेको टीभीएस ब्रान्डलाई छोटो समयमै स्थापित गराउँदै अटोमोबाइल व्यवसायमा स्थापित बनेको कम्पनी हो ।
नेपाली बजारमा मलेसियन ब्रान्डको निकै पुरानो इतिहास छ । आजभन्दा २ दशकअघि प्रोटोन सहित पेरुडुवा ब्रान्डका कार नेपाली बजारमा भित्रिएका थिए । तत्कालीन समयमा यी दुबै ब्रान्डले राम्रो कारोबार गरेपनि । पछि भारतीय ब्रान्डको बर्चश्व बढ्न थालेपछि यी ब्रान्ड ओझेलमा परेका हुन् । पेरुडुवाको तत्कालीन बितरक नेमलिंक इन्टरनेसनलले भिभा र माइभी कार उल्लेख्य संख्यामा बिक्री गरेको थियो भने प्रोटोनको सागा सेडान समेत राम्रै संख्यामा बिक्री भएको थियो । यी कार अहिले पनि नेपाली सडकमा गुडेको देख्न सकिन्छ ।
यसरी भयो मलेसियामा कार उत्पादनको शूरुवात
१८ औं शताब्दीको सुरुवातमा जब मलेसियालाई ब्रिटेनले आफ्नो उपनिबेश बनयो त्यसपछि यहाँ कार उत्पादनको शरुवात भएको मानिन्छ । तत्कालीन समयमा फोर्ड मोटरले मलेसिया सहित त्यस आसपासका ब्रिटिश उपनिवेशमा सामेल राष्ट्रहरुमा सवारीसधन उपलव्ध गराउन प्लान्ट स्थापना गरेको थियो ।
पछि जनरल मोटर्सले समेत प्लान्ट स्थापना गर्ने कोशिश गरेपनि उसको योजना भने सफल हुन सकेन । जब सन् १९५७ मा मलेसिया स्वतन्त्र बन्यो त्यसपछि यो देशले औद्योगिकरणलाई तीव्रता दियो । सोही क्रममा मलेसियाले अटोमोबाइल उद्योगलाई प्राथमिकतामा राख्दै सन् १९८५ मा आफ्नै राष्ट्रमा उत्पादन भएको पहिलो कारका रुपमा प्रोटोन सागा लन्च ग¥योे ।
पछि जापनिज अटो मेकर डाइहात्सुसँग सहकार्य गरी मलेसियाले सन् १९९२ मा पेरुडुवा ब्रान्डको सवारीसाधनलाई बजारमा उतार्न सफल भयो । टोयोटाले डाइहात्सु ब्रान्डलाई बन्द गरेपछि हाल पेरुडुवाका सवारीसाधन टोयोटाकै प्लेटफर्ममा उत्पादन हुन थालेका छन् ।
प्रोटोन र पेरुडुवा त्यहाँको आन्तरिक बजारमा सर्बाधिक बिक्री हुने ब्रान्डका रुपमा परिचित छ भने अन्तर्राष्ट्रिय बजारमा समेत यी कारको माग दिनप्रतिदिन बढिरहेको त्यहाँको अटोमाबाइल सम्बद्ध संस्थाले बताएको छ । प्रोटोन र पेरुडुवा सहित मलेसियामा हाल विश्वका चर्चित बहुराष्ट्रिय कम्पनीहरुले समेत सवारी साधन उत्पादन गरी विश्व बजारमा निर्यात गर्दै आइरहेका छन् ।
कस्तो रहला नेपाली बजार
नेपाली बजारमा यसअघि कारोबार भइसकेको प्रोटोन ब्रान्डका कार प्रयोग गर्ने ग्राहक अझै भेटिन्छन् । गाडीको लुक्स, डिजाइन र पावर तथा पर्फमेन्सबाट सन्तुष्ट रहेपनि उनीहरु बिक्री पछिको सेवामा पाएको सास्तिका कारण निराश देखिन्छन् ।
यस्तो अबस्थामा बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेकै कारण टीभीएस ब्रान्डलाई स्थापित गराउन सफल जगदम्बा मोटर्स यसको आधिकारिक बितरकका रुपमा नियुक्त भएकाले भोलिका दिनमा यस्ता समस्याको समाधान हुने बिश्वास गर्न सकिन्छ ।
जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दिपक अग्रवालले पनि कम्पनीको पहिलो प्राथमिकता बिक्री पछिको सेवामा रहने बताइसकेका छन् । यसअघि प्रोटोन गाडी खरिद गरेर समयमै स्पेयर पाटर््स र सर्भिस नपाएका ग्राहकलाई समेत कम्पनीले उच्च प्राथमिकता दिएर सेवा दिने उनले बताएका छन् । यसैबाट पनि यो ब्रान्डमा कम्पनीको सबैभन्दा बढी जोड बिक्री पछिको सेवामा केन्द्रित रहने प्रष्ट भएको छ ।
यदि यसो हुन सकेको खण्डमा प्रोटोनले पुनः एकपटक मलेसियाली ब्रान्डको सफल बिरासत नफर्काउला भन्न सकिन्न । हाल सेडान सेग्मेन्टका कार मात्र आय त गर्दै आइरहेको बितरक कम्पनीले पछिल्लो समय चर्चामा रहेको एसयुभी सेग्मेन्ट भित्र्याएर बजारमा टेष्ट गर्नु जरुरी छ । उक्त टेष्टमा सफल भएको खण्डमा मात्र नेपालमा प्रोटोनको भविष्य सुनिश्चित रहेको बुझिनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...