बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
पोखरा - भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद् म्याक ल्युब्रिकेन्ट्स र नेपालका लागि म्याक ल्युब्रिकेन्ट्सको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिको संयुक्त परियोजनामा पोखरामा अवस्थित श्रीराम मोटरसाकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नति गरिएको छ ।
म्याक सर्भको उद्घाटन कार्यक्रम भारत पेट्रोलियम कर्पोरेसन लिमिटेड ल्युब्सका कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ल्युब्सका डेपुटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठ र टु ह्वीलर एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण केसीको उपस्थितिमा सम्पन्न भयो ।
म्याक सर्भमा ग्राहकहरुले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन । जहाँ म्याक लुब्रिकेन्ट्सको प्रयोग गरि मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ सेवा प्रदान गरिनेछ ।
उक्त वर्कशपमा ग्राहकहरुले कुनैपनि ब्रान्डको मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ गरि उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने छन् । सो वर्कशपले बिभिन्न ब्रान्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउदै आइरहेको छ ।
म्याक सर्भको स्तरोन्नति गरिएको अवसरमा डिसेम्बर, २०२० सम्म सो वर्कशपमा सर्भिसिङ गर्दा म्याक लुब्रिकेन्टस्मा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्ट्सहरुमा १० प्रतिशत सम्मको छुटको ब्यवस्था गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...