महिन्द्रा थारको माग भारतमै अत्यधिक, तत्काल नआउने भयो नेपालमा
भारतीय अटो मेकर महिन्द्रा एन्ड महिन्द्राले उत्पादन गर्ने भारतकै सर्बाधिक...
महिन्द्राको पहिलो न्यू जेनेरेशन इलेक्ट्रिक एसयुभी ई८ तयार हुँदै गरेको अवस्थामा देखिएको छ । सो एसयूभी यसअघि परिक्षणका क्रममा ढाकिएको अवस्थामा देखिएको थियो । अहिले भने यसको प्रोडक्सन मोडललाई फ्याक्ट्रिमा तयार हुँदै गरेको अवस्थामा देखिएको हो । एक्सयूभी ई८ लाई कम्पनीले यसै वर्षको अन्तिमतिर लन्च गर्ने तयारी गरिरहेको छ ।
सो नयाँ इलेक्ट्रिक एसयूभीको एक्स्टेरियरमा महिन्द्राले त्रिकोणात्मक हेडल्याम्प, पूर्णत चौडा एलईडी लाइट बार, क्लोज्ड अफर ग्रिल, रग्ड फ्रन्ट बम्पर र एक्सयूभी ७०० को जस्तै बोनेट र डोर प्यानल दिने भएको छ । साथै यसको इन्टेरियरमा फ्रन्ट प्यासेन्जरका लागी समेत स्क्रिन उपलब्ध हुनेछ । डुअल स्क्रिन ड्यासबोर्ड र टु स्पोक फ्ल्याट बटम स्टेरिङ ह्विलले यसको इन्टेरियरलाई आधुनिक देखाउनेछ ।
महिन्द्राको आफ्नौ नयाँ इंग्लो स्केटबोर्ड प्लेटफर्मममा तयार हुन लागेको एक्सयूभी ई८ मा ८० किलोवाट आवरको ब्याट्री प्याक जडान हुनेछ । अल ह्विल ड्रइभ सिस्टम उपलब्ध हुने यसको पावर ३५० एचपीसम्म हुने अनुमान गरिएको छ । यो एसयूभीलाई एकपटक फुल चार्ज गरेपछि ५०० किलोमिटरसम्म गुडाउन सकिने अनुमान गरिएको छ ।
भारतीय अटो मेकर महिन्द्रा एन्ड महिन्द्राले उत्पादन गर्ने भारतकै सर्बाधिक...
नयाँ जेनेरेसनको महिन्द्रा स्कोर्पियो भारतमा सबैभन्दा प्रतीक्षित कार...
महिन्द्राले थार रोक्सको साउन्ड सिस्टम अपग्रेड गरेको छ । एसयूभी अब...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...