तयार हुँदै गरेको एक्सयूभी ई८ फ्याक्ट्रिमा देखियो, यस्तो हुनेछ विशेषता

महिन्द्राको पहिलो न्यू जेनेरेशन इलेक्ट्रिक एसयुभी ई८ तयार हुँदै गरेको अवस्थामा देखिएको छ । सो एसयूभी यसअघि परिक्षणका क्रममा ढाकिएको अवस्थामा देखिएको थियो । अहिले भने यसको प्रोडक्सन मोडललाई फ्याक्ट्रिमा तयार हुँदै गरेको अवस्थामा देखिएको हो । एक्सयूभी ई८ लाई कम्पनीले यसै वर्षको अन्तिमतिर लन्च गर्ने तयारी गरिरहेको छ ।

सो नयाँ इलेक्ट्रिक एसयूभीको एक्स्टेरियरमा महिन्द्राले त्रिकोणात्मक हेडल्याम्प, पूर्णत चौडा एलईडी लाइट बार, क्लोज्ड अफर ग्रिल, रग्ड फ्रन्ट बम्पर र एक्सयूभी ७०० को जस्तै बोनेट र डोर प्यानल दिने भएको छ । साथै यसको इन्टेरियरमा फ्रन्ट प्यासेन्जरका लागी समेत स्क्रिन उपलब्ध हुनेछ । डुअल स्क्रिन ड्यासबोर्ड र टु स्पोक फ्ल्याट बटम स्टेरिङ ह्विलले यसको इन्टेरियरलाई आधुनिक देखाउनेछ ।

महिन्द्राको आफ्नौ नयाँ इंग्लो स्केटबोर्ड प्लेटफर्मममा तयार हुन लागेको एक्सयूभी ई८ मा ८० किलोवाट आवरको ब्याट्री प्याक जडान हुनेछ । अल ह्विल ड्रइभ सिस्टम उपलब्ध हुने यसको पावर ३५० एचपीसम्म हुने अनुमान गरिएको छ । यो एसयूभीलाई एकपटक फुल चार्ज गरेपछि ५०० किलोमिटरसम्म गुडाउन सकिने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

४ भेरिएन्टमा आयो महिन्द्रा एक्सयूभी ३०० नेपाली बजारमा, मूल्य ४२ लाख ९५ हजार देखि शुरु

४ भेरिएन्टमा आयो महिन्द्रा एक्सयूभी ३०० नेपाली बजारमा, मूल्य ४२ लाख ९५ हजार देखि शुरु

काठमाडौं – नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड...

३ लाख ४० हजार रुपैयाँसम्मले महंगो भयो महिन्द्रा स्कर्पियो, पिकअपमा २ लाख ६५ हजारसम्म वृद्धि

३ लाख ४० हजार रुपैयाँसम्मले महंगो भयो महिन्द्रा स्कर्पियो, पिकअपमा २ लाख ६५ हजारसम्म वृद्धि

नेपाली बजारमा सर्बाधिक माग हुँदै आइरहेको महिन्द्रा स्कर्पियो ३ लाख ४०...

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...