फोर्स गुर्खाको प्रतिस्पर्धी महिन्द्रा थार नेपाल आउने मिति अझै टुंगो लागेन

फोर्स गुर्खाको प्रतिस्पर्धीका रुपमा हेरिएको महिन्द्रा थार नेपाल आउने मितिअझै टुंगो लाग्न सकेको छैन । भारतीय बजारमा १० महिना अघि लन्च गरिएको नयाँ गुर्खाको नेपालमा कारोबार शुरु भैसक्दा समेत २ बर्षअघि नै लन्च भएको नयाँ थार कहिले नेपाल आउँछ भन्ने बिषयमा आधिकारिक बितरक अग्नी इन्कर्पोरेटेड नै अनिश्चित रहेको छ । नयाँ थारको बिषयमा जिज्ञासा राख्ने ग्राहकको संख्या बढीरहे पनि महिन्द्राले यो एसयुभीलाई नेपाल लगायत अन्य राष्ट्रमा पठाउने बिषयमा अहिलेसम्म कुनै निर्णय नलिएका कारण कहिले आउँछ भनेर किटान गर्न नसकिएको कम्पनी स्रोतले नेपाल अटोलाई बताएको छ ।

२ बर्षअघि भारतमा लन्च भएलगत्तै शोरुममा इन्क्वायरी आउन थालेको यो नयाँ एसयुभी नेपाल आएको खण्डमा तत्कालै ३ सयभन्दा बढी युनिट बिक्री हुने उक्त स्रोतको भनाई छ । भारतमै माग उच्च रहेको यो एसयुभीलाई महिन्द्राले भारतीय बजारको माग पुरा भएपछिमात्र अन्तराष्र्टि«य बजारमा पठाउने निर्णय लिएको छ । भारतमा अझैपनि ७५ हजार बुकिङ लिएका ग्राहकलाई नयाँ थार डेलिभरी दिन बाँकै नै रहेको र बुकिङ लिनेको संख्या हरेक महिना बढ्दो क्रममा रहेको महिन्द्राले जनाएको छ ।

लन्च भएलगत्तै महिन्द्राले नयाँ थारलाई अष्ट्रेलियमा निर्यात गर्ने योजना बनाएको थियो । तर, अमेरिकन ब्रान्ड जीपले थारको डिजाइन आफ्नो लोकप्रिय अफरोडर ¥यांगलरसंग मिलेको भन्दै बिक्रीमा रोक लगाउन माग गर्दै मुद्धा हालेको थियो । त्यसपछि यो मुद्धाले अर्कै रुप लिने आँकलन गर्दै कम्पनीले भारतीय बजारको माग पुरा नहुन्जेलसम्म अन्य राष्ट्रमा नपाठाउने निर्णय लिएको थियो । त्यतिबेला अष्ट्रेलियमा निर्यात शुरु भएको भए सायद अन्तराष्ट्रिय बजारमा निर्यातको ढोका खुल्ने र अहिलेसम्म नेपाल समेत आइपुगी सक्ने अनुमान गर्न सकिन्छ ।

यस्तो छ यी दुई अफरोडर एसयुभी
भारतीय बजारमा सर्बाधिक शक्तिशाली अफरोडरको पहिचान बनाएको थार म्यानुअल र अटोमेटिक दुबै अप्सनमा उपलब्ध छ । पेट्रोल इन्जिनमा अटोमेटिक ट्रान्समिसन मात्र र डिजेलमा अटोमेटिक र म्यानुअल दुबै गरी यो ३ भेरिएन्टमा उपलब्ध छ ।
पेट्रोल इन्जिनमा थारलाई २ हजार सीसी क्षमतामा टर्बो सहित उपलब्ध गराइएको छ । जसको अधिकतम पावर १५० बीएचपी र टर्क ३२० एनएम रहेको छ । त्यसैगरी डिजेल इन्जिनमा यो २२ सय सिसी क्षमतामा उपलब्ध छ । जसको अधिकतम पावर १३० बीएचपी र टर्क ३०० एनएम रहेको छ ।

अफरोडर भएका कारण यसको ग्राउन्ड क्लियरेन्स समेत उच्च छ । यो एसयुभीमा सेग्मेन्टमै सर्बाधिक बढी २२६ एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ । यो एसयुभीले प्रतिलिटर इन्धन खपतमा १५ किलोमिटर हाराहारी माइलेज दिने दाबी गरिएको छ । एउटा आधुनिक र सुरक्षित एसयूभीमा उपलब्ध हुने प्रायः सम्पूर्ण फिचर्स उपलब्ध गराइएको यो एसयूभीले ग्लोबल एनक्यापको क्र्यास टेष्टमा ४ स्टार सेफ्टी रेटिङ हात पारेको छ ।

त्यसैगरी केही दिनपहिले मात्र औपचारिक रुपमा बुकिङ खुल्ला गरिएको गुर्खामा विश्व प्रशिद्ध मर्सिडिज बेन्जको २.६ लिटर ईन्जिन, गियरवक्स र एक्सल जडान गरिएको छ ।

पावरफुल फोर ह्विल ड्राईभ, म्यानुअल डिफ्रेन्सियल लक(अगाडी र पछाडी दुबै एक्सलमा), ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकोले यसलाई जस्तो सुकै वाटोमा पनि गुडाउन उपयुक्त हुने देखिन्छ । वल्की डिजाईन र वोल्ड लुक्स भएको फोर्स गुर्खामा डिआएर सहितको आकर्शक एलईडि हेडल्याम्प, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ्ग, एडभान्स ईन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाईलट सिट, कोयल स्प्रिङ्ग सस्पेन्शन जस्ता आधुनिक फिचर्स दिएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै एयर व्याग, एविएस, इविडी र रिभर्स पार्किङ्ग सेन्सर जस्ता फिचर्स रहेका छन् । थ्री डोर डिजाईन र ४ सिट क्षमता भएको यो अफरोडरमा सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस र ग्याङ्गवे लगायत सुबिधा दिइएको छ । ठुलो सिङ्गल विन्डो रहेकोले आकर्शक दृश्यको अवलोकन गर्न सकिन्छ । यो नयाँ एसयुभीको मूल्य नेपाली बजारमा ७८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

स्कर्पियो एनमा थपियो ५ नयाँ भेरियन्ट, कुल भेरियन्टको संख्या ३० पुग्यो

स्कर्पियो एनमा थपियो ५ नयाँ भेरियन्ट, कुल भेरियन्टको संख्या ३० पुग्यो

महिन्द्राको सर्बाधिक लोकप्रिय एसयुभी स्कर्पियो एनमा ५ नयाँ भेरियन्ट थप...

अनिवार्य छ र फेस्टिभल अफर ? नो फेस्टिभल अफरमा दृढ छन् यी कम्पनी

अनिवार्य छ र फेस्टिभल अफर ? नो फेस्टिभल अफरमा दृढ छन् यी कम्पनी

दशैं/तिहार नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम...

कुमारी बैंकले धितोमा रहेको स्कोर्पियो र सञ्चय कोषले पुराना मोटरसाइकल बेच्दै

कुमारी बैंकले धितोमा रहेको स्कोर्पियो र सञ्चय कोषले पुराना मोटरसाइकल बेच्दै

काठमाडौं – कुमारी बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...