टाटा, एमजी र महिन्द्रा ईभीमा ३ लाख भारुसम्म छुट, यस्तो छ कारण
भारतमा टाटा, महिन्द्रा र एमजीले आफ्ना ईभीमा भारी छुट योजना ल्याएको छ । वर्ष...
महिन्द्राले पहिलोपटक आफूले तयार गर्न गैरहेको इलेक्ट्रिक एसयुभी कन्सेप्टको इन्टेरियर देखाएको छ । यसै वर्षको जुलाई महिनामा सर्बजनिक गर्ने भनिएको ‘बर्न महिन्द्रा भिजन’ अन्तर्गत निर्माण हुने नयाँ इलेक्ट्रिक एसयुभीका लागी उसले यो इन्टेरियर तयार पारेको हो । जसको डिजाइन प्रताप बोसको नेतृत्वमा बेलायतस्थित महिन्द्रा एड्भान्स डिजाइन यूरोपले गरेको जनाइएको छ ।
यो नयाँ इन्टेरियर एक्युभी ७०० मा दिइएको डुअल इन्फोटेन्मेन्ट स्क्रिन सेटअप जस्तै देखिएको छ । तस्बिरमा देखाइए अनुसार यसको ड्राइभर सिटलाई ककपिटमा बसेजस्तै फिल हुने गरी बिशेष प्रकारले डिजाइन गरिएको छ भने ड्यासबोर्डलाई समेत बिल्कुलै नयाँ थिममा तयार पारिएको छ ।
औडी कारमा जस्तै यसको एसी भेन्टलाई ड्यासबोर्ड भित्र लुकाइएको देख्न सकिन्छ । सेन्ट्रल कन्सोल समेत एकदमै सफाचट र आकर्षक देखाइएको छ । स्टेरिङ ह्विल र पानारोमिक सनरुफका लागी डुअल स्पोक डिजाइन दिइएको छ ।
२०२७ भित्र ८ वटा इलेक्ट्रिक कार लन्च गर्ने उद्घोष गरेको महिन्द्राले पहिलो चरण अन्तर्गत कम्प्याक्ट एसयुभी, मिड साइज एसयुभी र एसयुभी कुपेलाई लन्च गर्ने यसअघि नै बताइसकेको छ ।
भारतमा टाटा, महिन्द्रा र एमजीले आफ्ना ईभीमा भारी छुट योजना ल्याएको छ । वर्ष...
महिन्द्रा पहिलो पटक भारतको दोस्रो ठूलो कार निर्माता बनेको छ । फेब्रुअरी...
महिन्द्राको रिकन्डिसन गाडी कारोबावर गर्ने आधिकारिक कम्पनी अग्नी आश्थाले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...