वुकिङ खुलेको आधा घण्टामै १ लाख स्कर्पियो एन वुक, नेपालमा अझै मूल्य निर्धारण हुन सकेन
भारतीय अटो निर्माता महिन्द्रा एण्ड महिन्द्राले नयाँ स्कर्पियो एनको वुकिङ...
भारतमा एसयूभी ‘स्पेसलिष्ट’का रुपमा परिचित महिन्द्राले मिड साइज एसयूभीमा आफ्नो बर्चश्व कायमै राखेको छ । ४.४ देखी ४.७ मिटरसम्म लम्बाई भएका एसयुभीलाई भारतमा मिड साइज एसयुभी भनिन्छ र यसमा महिन्द्रा स्कर्पियो एन र एक्सयूभी ७०० को बजार हिस्सा ७३.२३ प्रतिशत छ ।
गत मार्च महिना भारतमा कुल २९ हजार ७१९ वटा मिड साइज एसयुभी बिक्री हुँदा स्कर्पियो एनले ५०.९८ प्रतिशत हिस्सा ओगट्यो । मार्चमा उक्त एसयुभी १५ हजार १५१ यूनिट बिक्री हुँदा अर्को मोडल एक्सयुभी ७०० ले ६ हजार ६११ यूनिट बिक्री हाँसिल गर्दै २२.२५ प्रतिशत हिस्सा आगटेको हो ।
तेस्रो सर्बाधिक बिक्री हुने मोडलमा टाटा सफारी परेको छ । मार्चमा सफारी २ हजार ६३ यूनिट बिक्री भएको थियो । यसैगरी टाटा ह्यारियर २ हजार ५४, एमजी हेक्टर÷प्लस १ हजार ८८७ र हुन्डाई अल्काजार १ जार ४२० तथा जीप कम्पास ३२९ यूनिट बिक्री भए । उक्त महिना सिट्रोन सी५ एयरक्रस भने कुनैपनि यूनिट बिक्री भएन ।
गत बर्षको सोही महिनाको तुलनामा स्कर्पियो एनको बजार ७२.४१ प्रतिशत तथा एक्सयूभी ७०० को २९.४५ प्रतिशतले बृद्धि हुँदा टाटा सफारीको ९.१५ प्रतिशतले मात्र बृद्धि भएको छ । यो सेग्मेन्मटमा सामेल अन्य ब्राण्डको भने नराम्रोसंग घटेको छ ।
भारतीय अटो निर्माता महिन्द्रा एण्ड महिन्द्राले नयाँ स्कर्पियो एनको वुकिङ...
भारतमा टाटा मोटर्स र महिन्द्रा एण्ड महिन्द्रा कम्पनीका गाडीहरू लोकप्रिय...
काठमाडौं – नेपालमा महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...