महिन्द्रा पावरोल डिजेल जेनरेटरको डिलर अब विराटनगरमा, ग्राहकलाई २४ घण्टा सेवा दिने

काठमाडौँ - महिन्द्रा पावरोल डिजेल जेनरेटरको डिलर विराटनगरमा खुलेको छ । अग्नि ग्रुपका म्यानेजिङ डाइरेक्टर क्याबिनेट श्रेष्ठले महिन्द्रा पावरोल जेनरेटरको डिलरको बुधबार विराटनगरमा उद्घाटन गरेका हुन् ।

पावरोल डिजेल जेनरेटरको नेपालको आधिकारिक विक्रेता अग्नि ग्रुप हो । अग्नि ग्रुपसँग पावरोलको विराटनगरका लागि डिलर सिप भने एम एस प्याक्ट पावर प्रालिले लिएको छ । अग्नि ग्रुपले महिन्द्रा युटिलिटि भेहिकल, ट्र्याक्टर तथा इलेक्ट्रिक सवारी साधनहरूको आयात तथा वितरण गर्दछ ।

सोरुमको उद्घाटन गर्दै, अग्नि ग्रुपका म्यानेजिङ डाइरेक्टर क्याबिनेट श्रेष्ठले महिन्द्रा पावरोल नेपालको जेनरेटर उद्योगमा अग्रणी रहेको र सबै रोजाइमा रहेको दाबी गरेका थिए । उनले सेवा विस्तारका क्रममा आफूहरू विराटनगरमा पनि आएको र विराटनगरमा उत्कृष्ट सेवा प्रदान गर्ने बताए ।

उनले विराटनगरको डिलर मार्फत पावरोल जेनरेटरको बिक्री, सामानहरूको बिक्री र सर्भीसिङ्ग हुने बताए ।
उनले पावारोल जेनरेटरको डिलर नेपालभर रहेकाले यसका सामान र मर्मत सबै तिर सजिलै पाइन बताए । जेनरेटर पूर्वाधार निर्माण,होटल, अस्पताल, बैङ्क र सरकारी कार्यालयहरूमा प्रयोग गर्न उपयुक्त भएको जानकारी दिए ।

महिन्द्रा पावरोल जेनरेटरका ५ केभी ए देखि ६२५ केभी ए सम्मका २८ मोडेलहरू नेपालमा उपलब्ध रहेका छन् ।
पावरोल जेनरेटर विश्वस्तरीय महिन्द्रा इन्जिन र लेरोय-सोमरको अल्टरनेटर युरोपेली प्रविधिबाट प्रयोग गरेर बनाइएको एम एस प्याक्ट पावर प्रालीका म्यानेजिङ डाइरेक्टर दर्शन कार्कीले बताए ।

कार्कीले महिन्द्रा पावरोल डिजेल जेनरेटरहरूले कम ध्वनि प्रदूषण गर्ने र अधिक ईंधन बचत गर्ने दाबी गरे । उनले आफ्नो डिलर मार्फत ग्राहकलाई २४ घण्टा सेवा दिने बताए । विराटनगर स्थित महिन्द्रा पावरोल डिजेल जेनरेटरको डिलरबाट आवश्यक जेन्युन स्पेयर पार्ट्स समेत उपलब्ध हुने छ ।

सम्बन्धित समाचारहरू

एप्पल कारप्लेको नेक्स्ट जेनेरेसन आउने घोषणा, स्क्रिनमै ड्राइभरले पाउने छन् धेरै जानकारी

एप्पल कारप्लेको नेक्स्ट जेनेरेसन आउने घोषणा, स्क्रिनमै ड्राइभरले पाउने छन् धेरै जानकारी

एप्पलले आफ्नो एनुअल डेभलपर कन्फ्रेन्समा एप्पल कारप्लेको नेक्स्ट...

महिन्द्राको स्कोर्पियो क्लासिक सार्वजनिक, फिचर र लुक्स परिवर्तन

महिन्द्राको स्कोर्पियो क्लासिक सार्वजनिक, फिचर र लुक्स परिवर्तन

महिन्द्राले स्कोर्पियोको अपडेटेड मोडल सार्वजनिक गरेको छ । यसलाई २ वटा...

४ वर्षमै ३ लाख युनिट बिक्री भयो महिन्द्रा एक्सयूभी ७००, नेपालको अवस्था के ?

४ वर्षमै ३ लाख युनिट बिक्री भयो महिन्द्रा एक्सयूभी ७००, नेपालको अवस्था के ?

काठमाडौं–महिन्द्राको फ्ल्यागशिप एसयूभी एक्सयूभी ७०० ले भारतमा ३ लाख...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...