यस्तो हुनेछ महिन्द्राले ल्याउने स्कोर्पियो एक्स पिकअप मोडल
महिन्द्राले हालै स्कोर्पियो एक्स नाम दर्ता गरेसँगै कम्पनीले स्कोर्पियो...
नेपाली बजारमा हाल महिन्द्राको इलेक्ट्रिक कार ई–भेरिटो उपलब्ध छ । महिन्द्रा ई–भेरिटो चाहिं भेरिटो सेडानको इलेक्ट्रिक भर्सन हो । महिन्द्रा इलेक्ट्रिकको पछिल्लो ड्राइभट्रेन टेक्नोलोजीबाट यसले पावर प्राप्त गर्छ । सो सेडानले थ्री फेज ७२ भोल्ट इन्डक्सन मोटरले ३०.५ किलोवाट पावर र ९१ एनएम टर्क जेनेरेट गर्छ ।
घरैमा मोबाइल फोन चार्ज गरे जसरी पनि यसलाई चार्ज गर्न सकिन्छ । १५ एम्पियरको प्लग प्वाइन्टमा यसलाई जोडेर चार्ज गर्दा ८ घण्टा ४५ मिनेटमा ० देखि १०० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।
सो इलेक्ट्रिक सेडानलाई महिन्द्रा इलेक्ट्रिक फास्ट चार्जिङ प्रविधि प्रयोग गरी चार्ज गर्न पनि सकिन्छ र फुल चार्ज हुन करिव १ घण्टा ४५ मिनेट लाग्छ । सिंगल चार्जमा यसले करिव ११० किलोमिटरको दुरी तय गर्छ ।
यो गाडीमा भएको टेलिम्याटिक्स फिचरले १९० भेइकुलर प्यारामिटर ट्रयाक गर्छ र यसको रिमोट मोनिटरिङ र डायग्नोस्टिक गर्छ । यसले चार्जिङ प्याटर्न, पार गरेको किलोमिटर, बचत गरेको कार्बन डाइअक्साइड, इको प्वाइन्ट र धेरै कुराको जानकारी दिन्छ ।
त्यसैगरी यसमा भएको इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्ट सिस्टमले चार्जिङ र पार गरेको दुरी लगायतका विभिन्न जानकारी रियल टाइम आधारमा दिन्छ । अनि कहिलेकाहिं बीचैमा ब्याट्री लेवल कम भयो भने पनि यसमा भएको रिभाइभ फिचरको प्रयोग गरी ८ किलोमिटर सम्म चलाउन सकिन्छ र कुनै स्थानमा पुगेर चार्ज गर्न सकिन्छ ।
विद्युत प्रयोग गरी कार चलाउदा प्रतिकिलोमिटर १ रुपैयाँ १५ पैसा मात्र खर्च हुने कम्पनीको भनाइ छ । फुल चार्जका लागि १८ युनिट खर्च हुन्छ । प्रतियुनिट विद्युतको मूल्य ७ रुपैयाँ मान्दा र यसले ११० किलोमिटर यात्रा गर्दा त्यति खर्च हुने प्रक्षेपण गरिएको हो ।
महिन्द्रा ई–भेरिटोमा लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ । आवश्यकता अनुसार यसलाई बुस्ट मोडमा पनि चलाउन सकिन्छ । यसको ग्राउन्ड क्लियरेन्स १७२ एमएम छ ।
नेपाली बजारमा महिन्द्रा ई–भेरिटोको मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।
महिन्द्राले हालै स्कोर्पियो एक्स नाम दर्ता गरेसँगै कम्पनीले स्कोर्पियो...
काठमाडौं – जावा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अग्नि मोटो इंक...
वर्ष २०२४ मा महिन्द्राले आफ्नो लोकप्रिय मोडल स्कर्पियो सबैभन्दा धेरै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...