भारतमै उत्पादित जिपको नयाँ ७ सिटर एसयूभीको नाम ‘मेरिडियन’ हुने, टिजर सार्वजनिक

जिप इन्डियाले भारतमा लन्च गरिने एसयूभी मेरिडियनको टिजर जारी गरेको छ । जिप कम्पासको थ्री रो एडिसन उक्त एसयूभी ७ सिटरको रुपमा आउने छ र यसको नाम ‘मेरिडियन’ राखिने बताइएको छ । सम्भवतः सन् २०२२ को मध्यमा यसको लन्च गरिने अनुमान गरिएको छ ।

भारतमै बनेको यो एसयूभीको नाम के हुने भन्ने चासो धेरैलाई थियो । अन्तर्राष्ट्रिय रुपमा यही मोडलको एसयूभीलाई जिप कमान्डर भनिन्छ । करिब ७० नामहरुबाट मेरिडियन नाम छनोट गरिएको कम्पनीको भनाइ छ । भारतका केही महत्वपूर्ण राज्य र संस्कृतिलाई जोड्ने बीचको लाइनबाट यो नाम प्रभावित भएको कम्पनीले बताएको छ ।

भारतमा यो भन्दा पहिले सो एसयूभी परीक्षणको समयमा देखिएको भए पनि हाल सार्वजनिक टिजरबाट भने यसको झलक देखिएको छ । टिजरमा भारतका लोकप्रिय आइकन र संस्कृति समावेश गरिएको छ ।

कारमा नयाँ डिजाइनको बम्पर, एलईडी टेललाइट, एलईडी डीआरएलका साथ ठूलो फक्स भेन्ट दिइएको छ, जुन फ्रन्टमा क्रोम स्ट्रिपका साथ फगल्याम्पसँग जोडिएको छ ।

यसको इन्टेरियर पनि कम्पास भन्दा फरक देखाउन खोजिएको छ । यसमा एडीएएसमा आधारित एक्टिभ सर्भिस सहित नयाँ कनेक्टिभिटी फिचर उपलब्ध छ ।

जिप मेरिडियनमा कम्पासकै समान डिजाइन भए पनि यसको डाइमेन्स बढी छ भने लामो ह्विलबेस, रियर ओभरह्याङ र डोर उपलब्ध छ । कम्पास भन्दा यसलाई फरक देखाउनका लागि नयाँ टेलगेट, टेलल्याम्प र रियर बम्पर दिइएको छ । यसमा सीधा फ्रन्ट फेसिया छ भने पातलो ग्रिल र स्लिक हेडल्याम्प क्लस्टर छ । त्यसैगरी स्क्वायरिस ह्विल आर्च छ ।

सो एसयूभी वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीका साथ १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको अल डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, भेन्टिलेटेड फ्रन्ट सिट, वायरलेस चार्जिङ, प्यानोरामिक सनरुफ, इलेक्ट्रिकल्ली एड्जस्टेबल फ्रन्ट सिट, क्रुज कन्ट्रोल, विभिन्न एयरब्याग आदि सुविधा छ ।

पावरका लागि यसमा पनि कम्पासमा जस्तै २.० लिटर फोर सिलिन्डर टर्बोचार्ज्ड डिजेल इन्जिन हुनेछ । यद्यपि मेरिडियनमा ४८भी माइल्ड हाइब्रिड टेक्नोलोजी समेत समावेश हुनेछ, जसले यसलाई अझै शक्तिशाली बनाउने छ र २०० बीएचपी पावर दिनेछ । यसलाई अल ह्विल ड्राइभका साथ ९–स्पिड अटोमेटिक गियरबक्ससँग जोडिने छ ।

सम्बन्धित समाचारहरू

नवीनता र प्रविधिलाई नयाँ उचाइमा लैजाने आशा गरिएको चाङ्गन युनि–भी, आउन सक्छ नेपाल

नवीनता र प्रविधिलाई नयाँ उचाइमा लैजाने आशा गरिएको चाङ्गन युनि–भी, आउन सक्छ नेपाल

‘ह्वेन इन्टेलिजेन्स गेट्स स्मार्टर, द फिलिङ्स गेट्स वान्ली टु यु’ भन्ने...

केही दिनमै स्कोडा कुशाकको मूल्य नेपालमा सार्वजनिक हुँदै, कति पर्ला मूल्य ?

केही दिनमै स्कोडा कुशाकको मूल्य नेपालमा सार्वजनिक हुँदै, कति पर्ला मूल्य ?

काठमाडौं – नेपाली बजारका लागि स्कोडा कुशाकको मूल्य केही दिनमै सार्वजनिक...

नेपाली सेडान बजारमा थपिदै अर्को सेडान स्कोडा स्लाभिया : भारतीय बजार जस्तै प्रभावको अपेक्षा

नेपाली सेडान बजारमा थपिदै अर्को सेडान स्कोडा स्लाभिया : भारतीय बजार जस्तै प्रभावको अपेक्षा

कुनै समयमा निकै नै लोकप्रिय मानिएको सेडान बजारलाई हाल एसयूभी र क्रसओभरको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...