पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै छपाइ हुने
काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र...
काठमाडौं– लुयान स्कुटरको नेपालका लागि अधिकारिक वितरक जेरो इमिसन राईड एनले नेपाल ईभी शोमा ल्याएको नगद छुटलाई छठ पर्बसम्म निरन्तरता दिने भएको छ । एमनके३, एस३० र एस७० प्रोमा २० हजार नगद छुट दिँदै आएकोमा यो सुविधालाई कम्पनीले दशैं र तिहार हुँदै छठसम्म निरन्तरता दिन लागेको हो ।
४ वर्षअघि नेपाल आएको लुयानलाई कम्पनीले ‘भ्यालू फर मनि’ स्कुटर का रुपमा बजार प्रवद्र्धन गर्दै आएको छ । लुयानका स्कुटर नेपाली बजारमा निकै राम्रो संख्यामा बिक्री भइरहेको कम्पनी स्रोतले जनाएको छ ।
कम्पनीका अनुसार लुयानको हाल देशभर १२ वटा सब डिलर रहेका छन् । यी सवै डिलरले स्कुटरको बिक्रीसंगै बिक्री पछिको सेवा समेत उपलब्ध गराउँदै आएका छन् । लुयान स्कूटरमा आयल कुल्ड हव मोटर र रन फ्ल्याट जस्ता विशेष फिचर उपलब्ध छन् । यी फिचर टु–ह्विलर सेग्मेन्टमै पहिलो भएको कम्पनिले दावी गरेको छ ।
आयल कुल्ड हव मोटरमा हुने आयलको प्रयोग ले ३० प्रतिसतसम्म मोटरको तापक्रम कम गर्ने र मोटर को आयु बढाउनु का साथै पर्फमेन्स पनि राम्रो दिने कम्पनीको भनाई छ ।
लुयानको एमएनके३ मा दुईवटा ब्याट्री अप्सन दिइएको छ भने एस३० लिथियम फोस्फेट र एस७० प्रो ग्राफेन ब्याट्रीमा उपलब्ध छ । लुयानका यी स्कूटरमा एनएफसी सेन्सर को साथै प्रोजेक्टर हेडलाइट, एन्टिथेफ्ट अलार्म र किलेस इन्ट्रिको सुबिधा पाउन सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...