भित्रियो उच्च ग्राउन्ड क्लियरेन्सको नयाँ ईभी ब्रान्ड नेपालमा, यस्तो छ फिचर र मूल्य

काठमाडौं – नेपाली बजारमा नयाँ चिनियाँ इलेक्ट्रिक कार ब्रान्ड ‘एलएस अटो’ भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा वेबर ग्रुप अन्तर्गतको नेक्सन भेन्चर्सले सो ब्रान्डको ईभी एलईभी ०१ भित्र्याएको हो ।

औपचारिक रुपमा लन्च हुन बाँकी भए पनि एक सामान्य कार्यक्रमका साथ यसको वारेमा केही जानकारी सार्वजनिक भएको छ ।

प्रिमियम इलेक्ट्रिक एसयूभी एलईभी ०१ को लम्बाई ४६४० एमएम, चौडाई १८७० एमएम र उचाई १६५५ एमएम रहेको छ । यसको ह्विलबेस २७६० एमएम छ ।

९९ किलोवाटको मोटर र ६७.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री भएको एलईभी ०१ ले सिंगल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज (एनईडीसी) दिने कम्पनीको दावी छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

२१० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स तथा १९ इन्चको ह्विल रहेको एलईभी ०१ को एक्सटेरियरमा डायनामिक फ्रन्ट ग्रिल, डायमन्ड कट अलोय ह्विल, प्यानोरामिक सनरुफ र सस्पेन्डेड टेललाइट जस्ता फिचर छन् । स्पोर्ट, इकोनोमी र नर्मल गरी गाडीलाई तीन ड्राइभिङ मोडमा चलाउन सकिन्छ ।

यसको इन्टेरियरमा लक्जरियस क्याबिन, लेदर स्टेयरिङ ह्विल, हाई टेक ड्यासबोर्ड इन्टरफेस लगायतका फिचर छन् । प्योर ईभी अर्थात एलईभी एक्स प्ल्याटफर्ममा बनेको सो ईभीमा सुरक्षाका लागि ६ एयरब्याग, ईबीडी, एबीएस, बीए, ट्रयाक्सन कन्ट्रोल, ईएससी, पार्किङ सेन्सर, क्रुज कन्ट्रोल, अटो होल्ड, हिल स्टार्ट असिस्ट लगायतका फिचर छन् ।

स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरिएन्टमा उपलब्ध हुने एलईभी ०१ को मूल्य क्रमशः ५९ लाख ४५ हजार र ६८ लाख ४५ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्ताहरुलाई कुलमानको आह्वान

चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्ताहरुलाई कुलमानको आह्वान

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...

पब्जीमा अब टेस्लाका कार चलाउन पाइने

पब्जीमा अब टेस्लाका कार चलाउन पाइने

काठमाडौं – पब्जी मोबाइल गेममा अब टेस्लाका कार चलाउन पाइने भएको छ । यस...

छोटो समयमै नेपाली सडकमा १५० भन्दा बढी ११ सिटर सोकोन ईसी३६ ईभी भ्यान

छोटो समयमै नेपाली सडकमा १५० भन्दा बढी ११ सिटर सोकोन ईसी३६ ईभी भ्यान

सोकोन ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल्सको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...