एलआरआर मोटर्सका बिजनेस हेड श्रेष्ठको भनाइ – ईभी किन्दा ब्रान्डमा विशेष ध्यान दिनु आवश्यक छ

चिनियाँ अटो निर्माता कम्पनी जिलीले उत्पादन गरेको विद्युतीय कार ईएक्स५ नेपाली बजारमा बिक्री हुँदै आएको छ । गत भदौमा सम्पन्न नाडा अटो शोमार्फत लन्च गरिएको यस एसयूभीले अहिले बजारमा निकै राम्रो चर्चा पाइरहेको छ । एलआरआर मोटर्स आधिकारिक बिक्रेता रहेको ईएक्स५ को बजार अवस्था, नेपालमा जिलीको रणनीति र बिक्रीपछिको सेवा लगायत विविध विषयमा कम्पनीका बिजनेस हेड अधिर कुमार श्रेष्ठसँग गरिएको कुराकानी :

जिली ईक्स५ मा ग्राहकको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
हामीले नेपालको सबैभन्दा ठूलो अटो एक्सपो ‘नाडा अटो शो २०२५’ मार्फत जिलीलाई लन्च गर्ने अवसर पाएका थियौँ । नेपाली बजारमा विगत लामो सयमदेखि प्रतीक्षा गरिँदै आएको यस ब्रान्डको ईएक्स५ ले अटो शोमा धेरैलाई आकर्षित गर्न सफल भयो । अटो शोमा हामीले निकै राम्रो बुकिङ समेत पायौँ र त्यसपश्चात अहिले डेलिभरी दिइरहेका छौ । यसको बिल्ट क्वालिटी, अत्याधुनिक प्रविधि र सुबिधासम्पन्न विशेषताका कारण एकपटक यो गाडीलाई नजिकबाट हेर्ने र गाडीभित्र चढेर फिल गर्ने ग्राहकहरु स्वतः आकर्षित भैहाल्छन् ।

नेपालको ईभी बजार निकै प्रतिस्पर्धात्मक बनिरहेको सन्दर्भमा जिली ब्रान्ड समेत भित्रिएको छ । यस ब्रान्डको विशेषताबारे ग्राहकलाई बुझाउन के पहल गर्नुभएको छ ?
हो, नेपालको ईभी बजार अहिले निकै प्रतिस्पर्धात्मक अवस्थामा छ । सानो बजारमा धेरै ब्रान्डको उपस्थिति हुँदा ग्राहकसमेत अन्योलमा परेका छन् । जिलीको सन्दर्भमा हामीले ग्राहकलाई यसको इतिहास, विश्व बजारमा उपस्थिति र नयाँ प्रविधि तथा विशेषताका बारेमा जानकारी दिइरहेका छौ । ब्रान्ड एन्डोर्समेन्टमा हामी निकै आक्रामक तवरले प्रस्तुत भइरहेका छौ । विश्वकै टप थ्री अटोमोबाइल ब्रान्ड भएका कारण जिलीका बारेमा जान्ने र बुझ्ने ग्राहक धेरै छन् । जसले गर्दा हामीलाई यस ब्रान्डका बारेमा बुझाउन झनै सहज बनाएको छ ।

ईभी किन्दा ग्राहकले के–कस्ता विषयमा बढी ध्यान दिनु आवश्यक छ ? जिली इएक्स५ को हकमा यसका प्रमुख विशेषताहरु के हुन् ?
ईभी किन्दा ग्राहकले तीनवटा कुरामा विशेष ध्यान दिनुपर्छ । पहिलो कुरा ब्रान्डसँगै लुक्स र डिजाइनले विशेष महत्व राख्दछ भने दोस्रोमा सेफ्टी फिचर आउँछ । त्यसपछि सबैभन्दा महत्वपूर्ण कुरा गाडीको ब्याट्री र त्यसको टेक्नोलोजीले ठूलो अर्थ राख्दछ ।

पछिल्लो समय नेपालमा ईभीको बाढीनै आएका कार ब्रान्डका विषयमा सबैभन्दा बढी ध्यान पुर्याउनुपर्ने आवश्यकता देखिएको छ । कुन ठूलो घरानाले ईभी ल्यायो भन्दा पनि त्यस ब्रान्डले अन्तर्राष्ट्रिय बजारमा कस्तो प्रभाव पारेको छ भनेर बुझ्नु आवश्यक छ । यस विषयमा हेर्दा जिली विश्वको टप थ्री ब्रान्डमा पर्छ । लुक्स र डिजाइनमा उत्कृष्टताको अवार्ड समेत पाएको र लेटेष्ट ईभी टेक्नोलोजीमा बनेको कारण जिली ईएक्स५ अन्य प्रतिस्पर्धीको तुलनामा पृथक छ । युरो र एसियन एनक्यापमा ५ स्टार रेटिङ पाएको यस ईभी निकै सुरक्षित समेत छ । ब्याट्रीको कुरा गर्नुपर्दा यसमा हालसम्मकै अत्याधुनिक सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जसको चार्जिङ डिसचार्जिङ साइकल नै ३५ सय छ, जुन १० लाख किलोमिटर बराबर हुन्छ । हामीले दैनिक यात्रा गर्ने अभ्यासलाई आधार मान्दा यस ब्याट्रीको आयु ५० वर्ष छ भनेर जिलीले नै दाबी गरेको छ ।

वाटरप्रुफ, फायरप्रुफ र बुलेट प्रुफ विशेषताका कारण यसको ब्याट्री सुरक्षाका हिसावले अब्बल मानिन्छ । विभिन्न परीक्षणहरुले यसलाई प्रमाणित गरेको छ । सेभेन नेल पेनिट्रेसन गरेर परीक्षण गर्दा समेत ब्याट्रीमा कुनै क्षति पुगेन । ब्याट्री मजवुत भएकै कारण हामीले यसमा ८ वर्ष वा असीमित किलोमिटर वारेन्टी दिएका छौं ।

धेरै ब्रान्डको उपस्थितिले ईभी किन्ने ग्राहकमा एक प्रकारको अन्योलता सिर्जना गरेको देखिन्छ, यस विषयमा के सुझाव दिनुहुन्छ ?
ब्रान्ड धेरै भएपछि कुन रोज्ने विषयमा अन्योलता सिर्जना हुनु स्वाभाविक नै हो । तर, यसमा ग्राहकले निकै बुद्धिमानी भएर निर्णय लिनुपर्छ । आफूले किन्न लागेको ईभीले विश्व बजारमा कस्तो ब्रान्ड प्रिजेन्स जनाएको छ भन्ने विषयमा ग्राहकले राम्रोसँग बुझ्नु पर्छ । पछिल्लो समय नेपालमै पनि केही ब्रान्ड आएर छोटो समयमै बन्द भएको दृष्टान्तहरु छन् । यसले ग्राहकलाई समस्यामा पारेको छ । यस्तो नहोस् भन्नका लागि पनि ब्रान्ड भ्याल्यु र यसको विश्वब्यापी प्रिजेन्सका बारेमा राम्रोसँग बुझ्नै पर्ने हुन्छ । जिलीको सन्दर्भमा भन्नुपर्दा कम्पनीले हरेक महिना २ लाख ५० हजार युनिटका दरले आफ्ना सवारीसाधन विश्वबजारमा बिक्री गर्दै आएको छ ।

अर्को महत्वपूर्ण कुरा बिक्रेताले प्रदान गर्ने बिक्रीपछिको सेवाको सुनिश्चितता हो । गाडीमा समस्या आउँदा त्यसको छिटो छरितो र प्रभावकारी तवरले समाधान गर्नु आवश्यक हुन्छ । यसमा बिक्रेता कम्पनी कत्तिको जिम्मेवार भएर काम गरिरहेको छ भनेर हेर्नु पर्दछ । बाँकी गाडीको प्राविधिक र रेन्ज लगायत विषयमा त विभिन्न प्लेटफर्ममार्फत जानकारी पाउन सकिन्छ ।

जिली ब्रान्डमा आबद्ध ग्राहकलाई बिक्री र बिक्री पछिको सेवामा आश्वस्त पार्न एलआरआर मोटर्सको पहलकदमी कस्तो छ ?
एलआरआर मोटर्समा अटोमोबाइल क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका ब्यक्तिहरुको आवद्धता छ । जसले गर्दा, हामी सवारीसाधन बिक्री र बिक्रिपछिको सेवा दुबैमा गम्भीर छौ । जिलीका गाडी बिक्री गर्न हामीले देशकै सबैभन्दा ठूलो र अत्याधुनिक शोरुम निर्माण गरेका छौं, जुन ५ रोपनी क्षेत्रफलमा फैलिएको छ । जहाँ गाडीको अवलोकन, पीडीआई र रुचि अनुसारको कलर छनोट गर्ने व्यवस्थासँगै क्विक रिपेयरिङ सेन्टरमार्फत बिक्री पछिको सेवा प्रदान गर्ने व्यवस्था मिलाएका छौ । देशभर शोरुम विस्तार गर्ने योजनासहित अघि बढेका छौ । हाललाई बुटवल र विराटनगरमा शोरुम खोलेका छौं, जहाँबाट सेल्स, सर्भिस र स्पेयर पार्ट्स सम्बन्धी सेवा उपलब्ध हुनेछ ।

जिली नेपाल आउँदै गर्दा यस ब्रान्डको आधिकारिकतामााथि नै प्रश्न उठेको थियो । यस विषयमा चाँहि के भन्नुहुन्छ ?
यसमा अन्योल हुनुपर्ने कुनै अवस्था नै छैन । पहिलो कुरा त नेपालमा कुनैपनि ब्रान्डहरु अवैधानिक रुपमा आउनै सक्दैनन् । सुरुमा ब्रान्ड नै आउँदैन् भन्ने भ्रम फैलाइएको थियो । तर ब्रान्ड आएरै छाड्यो । त्यसपछि यसका उत्पादन नै बिक्री हुँदैनन् भन्ने गरियो । अहिले हामीले निकै राम्रो संख्यामा बिक्री गरिरहेका छौं । हामी चीनस्थित उत्पादक कम्पनीसँग नजिक रहेर नेपाल सुहाउँदो उत्पादनलाई भित्र्याउँदै जाने तयारीमा छौ ।

एलआरआर मोटर्सले जिली ब्रान्डलाई प्रबद्र्धन गर्न गरेको पहलबाटै यस विषयमा देखिएका आशंकाहरु हटिसकेको पुष्टि गर्दछ । यी र यस्ता अफवाहहरुमा नलाग्न र ढुक्क भएर जिलीका उत्पादन प्रयाग गर्न हामी सम्पूर्ण ग्राहक वर्गमा आह्वान समेत गर्दछौ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक ट्याक्सीमा टाटा टिगोर, महिन्द्रा ई–भेरिटो र बीवाईडी एम३ को सम्भावना

इलेक्ट्रिक ट्याक्सीमा टाटा टिगोर, महिन्द्रा ई–भेरिटो र बीवाईडी एम३ को सम्भावना

काठमाडौं – वाग्मती प्रदेश सरकारले सार्वजनिक यात्रुवाहक ट्याक्सी सेवाको...

विद्युतीय सवारीको प्रयोग बढाउन नीतिगत अस्थिरता हट्नु पर्नेमा जोड

विद्युतीय सवारीको प्रयोग बढाउन नीतिगत अस्थिरता हट्नु पर्नेमा जोड

काठमाडौं – नेपालमा बढ्दै गएको विद्युतीय सवारीलाई प्रवद्र्धन र विकास गर्न...

मारुती सुजुकीले देखायो इलेक्ट्रिक एसयूभी इभीएक्सको कन्सेप्ट

मारुती सुजुकीले देखायो इलेक्ट्रिक एसयूभी इभीएक्सको कन्सेप्ट

मारुती सुजुकीले आज आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी इभिएक्सको कन्सेप्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...