तिहारमा लामो दुरीको यात्रा गर्दा बनाउनुस् यस्तो योजना

नेपालको हरेक क्षेत्रमा यातायातको सुविधा सहज भइसकेको छ । बाटो सुविधा सहज भएसँगै रोड ट्रिप पनि लोकप्रिय भइरहेको छ । हाल तिहारको सिजन चलिरहेको छ र लामो दुरीको यात्राको लागि योजना बनाइरहनु भएको छ भने रोड ट्रिपको लागि आवश्यक जानकारी हुनु जरुरी छ ।

रोड ट्रिपमा निस्कनु भन्दा पहिला आफ्नो कारलाई तयारी अवस्थामा राख्नु जरुरी छ । यसको लागि पहिला नै आफ्नो कार जाँच गर्नुपर्छ । कारको पार्टस्को जाँच र सर्भिसिङ गराउनु पर्छ । कारको टायर, इन्जिन आयल, ब्रेक फ्लुइड, विन्डसिल्ड वासर फ्लुइड, पावर स्टेयरिङ फ्लुइड, लाइट र ब्रेक राम्ररी जाँच गराउनु पर्छ । साथै कारमा टुलकिट हुनु आवश्यक छ ।

योजना बनाइसके पछि बाटोमा हुने अनपेक्षित घटनाको बारेमा पनि ध्यान दिनु पर्छ । यात्रा गर्दा जहिले पनि कहाँ जाने र कुन बाटो भएर जाने त्यसको जानकारी हुनु आवश्यक छ ।

कारमा जीपीएस सिस्टम छ भने त्यसको प्रयोग गर्न सिक्नुपर्छ र पहिला नै सेट गरिराख्नु पर्छ । साथै गुगल म्याप पनि राख्नु पर्छ । तर डिजिटल तरिकालाई पुर्ण रुपमा विश्वास गर्नु पनि हुँदैन विशेषगरी जंगली क्षेत्रको लागि जहाँ हराउने डर रहन्छ ।

एकै दिनमा धेरै ठाउँमा घुम्ने गर्नु हुँदैन । यसले अधिकांश समय गाडी चलाउनमा नै वितेको हुन्छ । यसको लागि एउटा निश्चित ठाउँ चयन गरेर सीमित ठाउँमा मात्र घुम्ने गर्नुपर्छ । त्यसो गरेमा आरामका साथ घुम्न सकिन्छ । साथै सके सम्म थोरै सामान प्याक गर्नु पर्छ र कारमा पर्याप्त ठाउँ राख्नु पर्छ ।

रोड ट्रिपमा जाँदा हतार हतार गर्नु हुँदैन । यसले आफ्नो योजना राम्ररी बनेको हुँदैन । आवश्यक सामान राख्नका लागि केही समय लिनु पर्छ । लामो दुरीको यात्रामा जाँदा कारको अतिरिक्त चाबी, सनग्लास र ह्यान्ड स्यानिटाइजर साथमा राख्नु पर्छ ।

अन्जान ठाउँमा यात्रा गर्दा त्यहीको स्थानीय मान्छेसँग सोधपुछ गर्दा उपयुक्त हुन्छ । त्यस ठाउँको स्थितिको बारेमा राम्रो जानकारी हुनु आवश्यक छ ।

लामो दुरीको यात्राको लागि आवश्यक कुरा भनेको मौसम हो । हरेक यात्राको लागि मौसमको अनुकुलताको बारेमा जानकारी हुनु आवश्यक छ । अचानक हुने मौसम परिवर्तनको लागि पनि तयारी अवस्थामा हुनु जरुरी छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...