पिरेली र बीकेटीबीच भारतमै कारका टायर उत्पादन गर्न साझेदारी
काठमाडौं–इटलीको टायर उत्पादक कम्पनी पिरेलीले भारतको बालकृष्ण...
काठमाडौं – सरकारले सवारीचालक अनुमतिपत्र नवीकरण गर्ने, सवारी साधन जाँचपास र रुट इजाजतपत्र नवीकरण गर्ने म्याद आगामी मंसिर मसान्त सम्म गर्न सकिने गरी थप गरेको छ । मन्त्रिपरिषद् बैठकले ढिलो भएबापत बुझाउनुपर्ने शुल्क मिनाहासहितको म्याद थप गरेर मंसिर मसान्तसम्म पु-याएको हो ।
यसअघि विभिन्न मितिमा भएको निर्णयानुसार सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने म्याद भदौ मसान्तसम्म रहेको थियो । त्यसपछि लकडाउन पूर्ण रुपले नहटेको, चाडवाड तथा विविध कारणले यातायात सेवा कार्यालयहरू पूर्णरुपमा नखुल्दा सेवाग्राहीहरूले सेवा लिन असमर्थ रहेकाले सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने म्याद थप गर्ने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले मन्त्रिपरिषदमा पेस गरेको थियो ।
पछिल्लोपटक ५ साउन २०७७ मा सवारी चालक अनुमतिपत्रको नवीकरण गर्ने म्याद लकडाउनको अवधिभित्र परेमा भदौ मसान्तसम्म गर्न सक्ने र सो कारणले ढिलो भएवापत बुझाउनुपर्ने शुल्क जरिवाना मिनाहा गर्ने व्यवस्था भएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...