भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीको नेपालमा बिक्री सुरु
काठमाडौँ–इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा नयाँ १५० सिसी...
काठमाडौं– यातायात व्यवस्था विभागले सवारी अनुमतिपत्र (लाइसेन्स) को परीक्षा खुलाउने विषयमा प्रदेशका यातायात कार्यालयसँग छलफल सुरु गरेको छ । कोरोना महामारीका कारण सुरु भएको लकडाउनसँगै बन्द भएको सवारी चालक अनुमति पत्रको लिखित र ट्रायल परीक्षा खुलाउनका लागि प्रदेशका यातायात कार्यालयसँग विभागले छलफल सुरु गरेको हो ।
प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र त्यसको मातहतमा रहेका यातायात कार्यालयको माग अनुसार सवारी चालक अनुमति पत्रको लिखित र ट्रायल परीक्षा खुलाउने विषयमा यातायात कार्यालयहरुसँग छलफल भैरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल बताउँछन् ।
‘हामीले लाइसेन्सको आवेदन खुला गर्ने विषयमा यातायात कार्यालयहरुसँग समन्वय गरिरहेका छौं,’ हमालले भने, ‘अबको एक महिनामा लाइसेन्सको आवेदन खुला गर्छौं ।’
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...