लाइसेन्सको अनलाइन फर्म भर्ने तरिका थाहा नहुँदा चिन्तित हुनुहुन्छ ? यस्ताे छ फर्म भर्ने तरिका

सवारी चालक अनुमति पत्र लाइसेन्सको अनलाइन फर्म भर्न नजान्दा धेरैजसो मानिसहरुले हैरानी खेपिरहेका हुन्छन् । अनलाइन फर्म भर्न नजान्दा यातायात कार्यालयमा गएर घन्टौं लाइन लाग्नुपर्ने बाध्यता र फर्म भर्दा हुनसक्ने गल्तीले थप तनाव सिर्जना गर्छ ।

साथै कतिपयले आफैं अनलाइनफर्म भर्न नजान्दा साइबर अथवा अनलाइन फर्म भर्ने ठाउँमा पुगेर पैसा तिरेर फर्म भर्न बाध्य छन् । यद्यपि लाइसेन्सको अनलाइन फर्म इन्टरनेटको सहयतामा स्मार्ट फोन, ल्यापटप अथवा कम्प्युटरबाट सहजै भर्न सकिन्छ । त्यसैको सहजताका लागि यहाँ लाइसेन्सको अनलाइन फर्म भर्ने तरिकाको बारेमा जानकारी दिइएको छ ।

स्टेप १ः  यातायात व्यवस्था विभागको वेभसाइटwww.dotm.gov.np मा जानुहोस् ।

स्टेप २ः वेबसाइटको होम पेजमा यातायात व्यवस्था विभागको चिनारी मुनी रहेको अनलाइन सवारी चालक अनुमति पत्रको लिंकमा क्लिक गर्ने ।

स्टेप ३ः ड्राइभिङ लाइसेन्स अनलाइन रजिष्ट्रेसनमा क्लिक गर्ने ।

स्टेप ४ः त्यसपछि नागरिकता अर्थात सिटिजन सिपको अप्सनमा क्लिक गरेर छान्ने ।

स्टेप ५ः आफ्नो व्यक्तिगत विवरण भर्ने । जसमा जन्म मिति छानेपछि उमेर आफैं आउनेछ ।

स्टेप ६ः स्थायी ठेगाना अर्थात नागरिकतामा भएको ठेगाना भर्ने । यदि स्थायी अस्थायी ठेगाना एउटै भए एउटै राख्ने ।

स्टेप ७ः आफूले दरखास्त दिन लागेको वर्ग छान्ने ।

स्टेप ८ः प्रोफेस्नल अथवा ननप्रोफेस्नल भन्ने अप्सनमा ‘अदर’ मा क्लिक गर्ने ।

स्टेप ९ः आफूले दरखास्त दिन लागेको कार्यालय रहेको अञ्चल छान्ने । साथै, त्यही अञ्चलको लाइसेन्स कार्यालय छान्ने ।

स्टेप १०ः सबै विवरण भरिसकेपछि सबमिट गर्ने ।

स्टेप ११ः आर यु स्योर यु वान्ट टु कन्टिन्यु ? भन्ने म्यासेज आउँदा ओकेमा क्लिक गर्ने ।

स्टेप १२ः आफूले भरेको विवरण पुन एकपटक चेक गरी फरक परेर सच्याउनुपरेमा इडिट डिटेल्स मा क्लिक गरी सच्याउन सकिने छ ।

स्टेप १३ः विवरण ठीक भएमा सेभ डिटेलमा क्लिक गर्ने ।

स्टेप १४ः त्यसपछि एप्लिकेन्ट सेभ सक्सेसफुल्ली देखिन्छ ।

स्टेप १५ः ओकेमा क्लिक गर्ने ।

स्टेप १६ः त्यसपछि प्रिन्टमा क्लिक गर्ने अथवा स्क्रिनसट गरेर राख्ने ।

स्टेप १७ः उक्त विवरण प्रिन्ट गरी त्यहाँ तोकिएको मितिमा सम्बन्धित कार्यालयमा जाने ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...