सडकमा विद्युतीय भविष्य: नयाँ राष्ट्रिय यातायात नीतिले नेपालको ईभी यात्रालाई कसरी दिशा दिन खोज्दैछ?
काठमाडौं। नेपाल सरकारको मन्त्रिपरिषद्ले हालै स्वीकृत गरेको राष्ट्रिय...
काठमाडौं–लिपमोटरले आफ्नो नयाँ ह्याचब्याक इलेक्ट्रिक कार ए०५ आगामी अगस्ट १० देखि आधिकारिक रूपमा बजारमा ल्याउने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय बजारमा बी०३ नामले चिनिने यो कारको हाल प्रि–बुकिङ खुल्ला गरिएको छ । यो नयाँ मोडलले एक पटकको फुल चार्जमा ५१० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।
नयाँ लीपमोटर ए०५ को अगाडि क्लोज्ड ग्रिल, आकर्षक हेडलाइट, दुई रङको बडी डिजाइन, र अर्ध–लुकेका डोर ह्यान्डलहरू रहेका छन् । यो कार ४२०० मिमी लामो, १८०० मिमी फराकिलो र १५६० मिमी अग्लो छ भने यसको ह्विलबेस २६०५ मिमी रहेको छ ।
कारको भित्री भागमा आधुनिक प्रविधिको प्रयोग गरिएको छ । यसमा ८.८८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइटिङ र १२ वटा स्पिकर भएको साउन्ड सिस्टम राखिएका छन् ।
यसको भित्री संरचनालाई क्वालकम स्न्यापड्र्यागन ८२९५ चिपले पावर दिएको छ । साथै, कारभित्र आरामदायी सिटहरू र ३३ वटा साना–ठूला स्टोरेज स्पेसहरू उपलब्ध गराइएको छ । यसको ट्रंक क्षमता ४७४ लिटर रहेको छ भने सिट फोल्ड गरेर यसलाई १३०८ लिटरसम्म बढाउन सकिन्छ ।
यस नयाँ कारमा ३९.८ र ५३ किलोवाट आवरको ब्याट्री प्याक तथा ७० किलोवाट र ९० किलोवाट क्षमताको मोटर बिकल्प उपलब्ध हुनेछ, जसले क्रमशः ४०५ किलोमिटर र ५१० किलोमिटरको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
लिपमोटर ए०५ भविष्यमा नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ । नेपालमा लिपमोटरका उत्पादन सांग्रिला मोटर्सले बिक्री गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...