दुर्गम र कठिन भूगोलमा सडक बनाउदै नेपाली सेना
काठमाडौं – नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजना सम्पन्न गरी एक...
निरन्तरको वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डका विभिन्न स्थानमा पहिरो, ढुङ्गा र लेदो खस्दा सडक एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार बिहान उक्त सडक खण्ड अन्तर्गत तुईन खोला पुल, नाम्सि खोलाको नयाँ पुल र सिमलताल क्षेत्रमा पहिरो खसेका कारण यातायात प्रभावित भएको हो । तुईन खोला र नाम्सि खोलाको नयाँ पुल नजिकै माथिबाट ढुङ्गा खसेको छ भने सिमलतालमा लेदो बगेर सडकमा आएपछि आवतजावत एकतर्फी बनेको छ ।
अवरुद्ध सडकलाई पूर्ण रूपमा सुचारु गराउन सडक डिभिजनका हेभी इक्विपमेन्टहरू परिचालन गरी पहिरो तथा लेदो पन्छाउने काम निरन्तर भइरहेको छ । थप पहिरो नझरेमा केही समयभित्रै सडक दुईतर्फी सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाइएको छ ।
सो क्षेत्रमा अझै पानी परिरहेकाले र थप पहिरो खस्ने जोखिम कायमै रहेकाले सडक डिभिजन भरतपुरले सवारी चालक तथा यात्रुहरूलाई सडकको अद्यावधिक अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...