केटीएम र हस्कभर्नाको फेस्टिभ अफर : विशेष अफरका साथ एक्सक्लुसिभ केटीएम राइडिङ ज्याकेट
काठमाडौं – नेपाली बजारमा उपलब्ध केटीएम र हस्कभर्ना ब्रान्डका बाइक अब ५०...
केटीएमले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारीमा रहेको छ। कम्पनीको चर्चित ड्युक सिरिजमा आधारित नयाँ बाइक ‘ई-ड्युक’ को प्रोटोटाइप अस्ट्रियास्थित केटीएमको मुख्यालयमा सार्वजनिक रूपमा देखिएको छ।
ई-ड्युकको निर्माण केटीएम ३९० ड्युकको च्यासिसमा आधारित हुनेछ । सो बाइकमा फ्युचरिस्टिक हुनेछ साथै यसमा सबफ्रेम, आकर्षक र शार्प बडी डिजाइन, नयाँ हेडलाइट स्ट्रक्चर, मोटीजीपीबाट प्रेरित एयर स्कुप र थ्रीडी प्रिन्टेड सिट जस्ता सुविधा समावेश हुनेछ।
केटीएम ई-ड्युकमा ५.५ किलोवाट आवरको ब्याट्री प्याक हुने अपेक्षा गरिएको छ, जसले एकपटक चार्जमा १०० किलोमिटरभन्दा बढी रेन्ज प्रदान गर्नेछ । यसमा करिब १० किलोवाट पावर क्षमताको मोटर रहने अनुमान छ। साथै, बाइकमा फास्ट चार्जिङ, इन्टिग्रेटेड चार्जिङ केबल, फराकिलो ह्यान्डलबार र ४.३ इन्चको टीएफटी डिजिटल डिस्प्ले जस्ता फिचर पनि उपलब्ध हुनेछ ।
बजाजले पछिल्लो समय केटीएमलाई आर्थिक सन्तुलनमा ल्याउन ठूलो सहयोग पुर्याएको छ। यस्तो अवस्थामा, ई-ड्युकको निर्माण भारतमै हुने सम्भावना प्रबल देखिएको छ । केटीएम ई-ड्युकको 'मेड इन इन्डिया' ट्यागले यसको अन्तर्राष्ट्रिय पहुँच अझै विस्तार गर्न सक्ने विश्वास गरिएको छ।
काठमाडौं – नेपाली बजारमा उपलब्ध केटीएम र हस्कभर्ना ब्रान्डका बाइक अब ५०...
बाइक निर्माता कम्पनी केटीएमले केही समय यता नयाँ जेनेरेसन आरसी रेन्जमा थप...
केटीएमले ३९० एड्भेन्चरको सस्तो भेरिएन्ट ‘३९० एड्भेन्चर एक्स’ लन्च गरेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...