बेनेलीको एउटै मोटरसाइकलमा १ लाख १० हजार रुपैयाँ छुट, यस्तो छ कारण
काठमाडौं – बेनेलीको ११०औं वार्षिकोत्सवको अवसरमा बेनेलीको हालै नेपाल...
केटीएमले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारीमा रहेको छ। कम्पनीको चर्चित ड्युक सिरिजमा आधारित नयाँ बाइक ‘ई-ड्युक’ को प्रोटोटाइप अस्ट्रियास्थित केटीएमको मुख्यालयमा सार्वजनिक रूपमा देखिएको छ।
ई-ड्युकको निर्माण केटीएम ३९० ड्युकको च्यासिसमा आधारित हुनेछ । सो बाइकमा फ्युचरिस्टिक हुनेछ साथै यसमा सबफ्रेम, आकर्षक र शार्प बडी डिजाइन, नयाँ हेडलाइट स्ट्रक्चर, मोटीजीपीबाट प्रेरित एयर स्कुप र थ्रीडी प्रिन्टेड सिट जस्ता सुविधा समावेश हुनेछ।
केटीएम ई-ड्युकमा ५.५ किलोवाट आवरको ब्याट्री प्याक हुने अपेक्षा गरिएको छ, जसले एकपटक चार्जमा १०० किलोमिटरभन्दा बढी रेन्ज प्रदान गर्नेछ । यसमा करिब १० किलोवाट पावर क्षमताको मोटर रहने अनुमान छ। साथै, बाइकमा फास्ट चार्जिङ, इन्टिग्रेटेड चार्जिङ केबल, फराकिलो ह्यान्डलबार र ४.३ इन्चको टीएफटी डिजिटल डिस्प्ले जस्ता फिचर पनि उपलब्ध हुनेछ ।
बजाजले पछिल्लो समय केटीएमलाई आर्थिक सन्तुलनमा ल्याउन ठूलो सहयोग पुर्याएको छ। यस्तो अवस्थामा, ई-ड्युकको निर्माण भारतमै हुने सम्भावना प्रबल देखिएको छ । केटीएम ई-ड्युकको 'मेड इन इन्डिया' ट्यागले यसको अन्तर्राष्ट्रिय पहुँच अझै विस्तार गर्न सक्ने विश्वास गरिएको छ।
काठमाडौं – बेनेलीको ११०औं वार्षिकोत्सवको अवसरमा बेनेलीको हालै नेपाल...
आर्थिक वर्ष २०७९/८० का लागि सार्बजनिक गरिएको बजेटमा सरकारले २ सय सीसीमाथि...
इटालीको प्रसिद्ध कम्पनी डुकाटीले दुबईको बुर्ज खलिफामा भइरहेको यस वर्षको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...