भोलिदेखी केटीएमको देशैभर एक्सचेन्ज एण्ड फाइनान्स क्याम्प, यस्तो छ सुबिधा

काठमाडौं–केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले देशैभर एक्सचेन्ज एण्ड फाइनान्स क्याम्पको घोषणा गरेको छ । क्याम्प १९ जून २०२५ बाट देशभरिका सबै अधिकृत केटीएम शोरूमहरूमा आयोजना हुन लागेको हो ।

देशभरका मोटरसाइकल पारखीहरूलाई आफ्नो पुरानो बाइक साटेर नयाँ केटीएम बाइक लिन सहज बनाउने उद्देश्यले क्याम्प आयोजना गरिएको हो । वित्तीय सुविधाहरूको माध्यमबाट केटीएम स्वामित्वको अनुभवलाई अझै सुलभ बनाउन क्याम्प आयोजना गरिएको कम्पनिको भनाई छ ।

क्याम्पमा ग्राहकले नागरिकताको आधारमै फाइनान्स सुबिधा लिन पाउनेछन् भने पुरानो मोटरसाइकलमा १५ हजार रुपैयाँ अतिरिक्त एक्सचेन्च वोनस र प्रत्येक नयाँ केटीएम खरिदमा निःशुल्क ब्रान्डेड हेल्मेट पाउनेछन् । साथै, ग्राहकले अर्को आर्थिक वर्षको करमा समेत छुट पाउनेछन् ।

हंसराज हुलाचन्द एण्ड कम्पनी प्रालिले हालै केटीएम २५० को मूल्यमा एकैपटक ४६ हजार घटाएर ७ लाख १३ हजार ९०० मा झारेको छ । सोहि नयाँ मूल्यमा ग्राहकले मोटरसाइकल खरिद गर्न पाउनेछन् ।

क्याम्प सिमित अवधिका लागिमात्र सञ्चालन हुने हुँदा जतिसक्दो छिटो सरल प्रक्रिया, अतिरिक्त लाभहरू, र आकर्षक मूल्यको साथमा केटीएम मोटरसाइकलको स्वामित्व लिन कम्पनीले ग्राहकमाझ आह्वान गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...