केटीएम ड्युक इलेक्ट्रिकको प्रोटोटाइप सार्वजनिक

केटीएमले ड्युकको इलेक्ट्रिक संस्करणमा काम गरिरहेको घोषणा गरेको तीन वर्षपछि पहिलोपटक केटीएम ई–ड्युकको प्रोटोटाइप सार्वजनिक गरेको छ । बाइक अस्ट्रियाको केटीएम मुख्यालयमा प्रदर्शन गरिएको हो ।

इलेक्ट्रिक ड्युकलाई यसको कम्वसन इन्जिन जडित ३९० ड्युक जस्तै आक्रामक डिजाइनमा तयार पारिएको छ । यसमा सिंगल प्रोजेक्टर हेडल्याम्प, सानो डिजिटल ड्यास भएको फ्ल्याट–इश ह्यान्डलबार र साँघुरो टेल सेक्सन सहितको स्टेप्ड सिट राखिएको छ ।

सो बाइक परिमार्जित ३९० ड्युक चेसिसमा आधारित देखिन्छ । बाइकको अगाडी यूएसडी फोर्क र पछाडि मोनो–शक सस्पेन्स उपलब्ध गराइएको छ । ब्याट्रीलाई चेसिसको तल्लो भागमा माउन्ट गरिएको देखिन्छ भने अलाेय ह्विलहरू ३९० ड्युकमा जस्तै दिइएको छ । बाइकमा चेन फाइनल ड्राइभ र दुबै छेउमा डिस्क ब्रेक राखिएको छ ।

प्रोटोटाइप कन्सेप्ट भएका कारण केटीएमले यसको पावरट्रेन र टेक्निकल स्पेसिफिकेसन सार्बजनिक गरेको छैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...