नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
युवा वर्गमा केटीएम ड्युक बाइक निकै लोकप्रिय रहेको छ । कम्पनीले चाँडै नै बाइकको अपडेट भर्सन २०२१ केटीएम १२५ ड्युक लन्च गर्ने भएको छ । लन्चिङ भन्दा पहिला नै सो बाइकको डिटेल मिडियामा लिक भएको छ ।
केटीएम १२५ ड्युकको डिजाइन खासै परिवर्तन गरिएको छैन । सो बाइक झट्ट हेर्दा २०० ड्युक जस्तो देखिन्छ । यद्यपि नयाँ ड्युक बाइकको कलर थिमले बाइकलाई सजिलै चिन्न सकिन्छ । कम्पनीले बाइकमा ह्वाइट फ्युल ट्यांक र बोल्ड ओरेन्ज एक्सटेन्सन समावेश गरेको छ ।
केटीएम १२५ ड्युकमा १३.४ लिटरको फ्युल ट्यांक समावेश गरिएको छ । अनुमानित रिपोर्ट अनुसार केटीएम १२५ ड्युकमा ड्युक २०० को अपग्रेडेट च्यासिस समावेश गर्ने सम्भावना रहेको छ । सो बाइकको रियर सब फ्रेम बोल्ड प्रयोग गरिएको छ ।
केटीएम १२५ ड्युकमा बीएस६ कम्प्लायन्ट १२४ सीसी, लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन समावेश गरिएको छ । जसले १४.५ हर्स पावर र १२ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकमा ६ स्पिड ट्रान्समिसन समावेश गरिएको छ ।
केटीएम १२५ ड्युकको मूल्य केटीएम ड्युक भन्दा ५ हजार भारु बढी हुने अनुमान गरिएको छ । कम्पनीले सो बाइकको बुकिङ शुरु गरिसकेको छ । सो बाइक डिसेम्बरको अन्तमा लन्च गर्ने सम्भावना रहेको छ ।
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...
जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...