चिनियाँ ट्रकमा यात्रा गर्दै हिल्सामा पहिलो पटक पुग्यो बस
हुम्ला – रसुवाको केरुङ नाकाबाट चीनको तिब्बती मार्ग हुँदै नेपाल र चीनको...
अमेरिकी राष्ट्रपति लिन्डन वि जानसनको निमन्त्रणामा २०२४ साल कार्तिक १५ गते तीन दिने राजकीय भ्रमणका लागि अमेरिका पुगेका राजा महेन्द्रलाई ह्वाइट हाउसमा भव्य स्वागत गरिएको थियो । राजा महेन्द्र तथा रानी रत्नको यस भ्रमणमा अमेरिकामा अध्ययन गरिरहेका युवराज विरेन्द्र पनि यस भ्रमणमा सम्मिलित भएका थिए । साथै उप प्रधानमन्त्री एवं परराष्ट्र मन्त्री किर्तीनिधी विष्ट पनि यस भ्रमणमा सहभागी भएका थिए ।
झट्ट हेर्दा कुटनैतिक यो भ्रमण सिधै अमेरिकी राष्ट्रपति भवनबाट राजा महेन्द्रलाई पठाइएको निम्तोको कारण भएको जस्तो लाग्छ । तर यसको लागि नेपालका लागि तत्कालिन अमेरिकी राजदूत क्यारोल सि लेसको कार्यकालमा सम्पन्न यस भ्रमणले राजदूत क्यारोलको कूटनैतिक क्षमताको चर्चा अत्यधिक भएको थियो । तर यो चर्चा प्राप्त गर्नका लागि उनका पति एल्सवर्थ बंकरको पछाडि भूमिका रहेको थियो । यस भन्दा महत्वपूर्ण क्यारोल र एल्सवर्थको विवाह नेपालमा भएको थियो । ४९ वर्षकी क्यारोल र ७३ वर्षका एल्सवर्थको विवाह अति गोप्य तरिकामा काठमाडाैमा भएको थियो । जसको साक्षिका रूपमा राजा महेन्द्र पनि उपस्थित थिए । राजदूत क्यारोलका पति एल्सवर्थ पनि साधारण थिएनन । राष्ट्रपति जोनसनको अति निकट रहेका एल्सवर्थ नेपालका लागि पहिलो अमेरिकी राष्ट्रपति तथा तत्कालिन दक्षिण भियतनामका लागि राजदूत थिए ।
राजा महेन्द्रको दोश्रो अमेरिका भ्रमण भन्दा केवल १० महिना अगाडि मात्र यी दुइ राजदूतको कूटनैतिक विवाह नेपालमा त्यो पनि राजा महेन्द्रको शुभकामनाका साथ काठमाडौमा भएको थियो । कुनै पनि देशको उच्च पदस्थ राजा, राष्ट्रपति वा प्रधानमन्त्रीको भ्रमण आफ्नो देशको कूटनैतिक भ्रमण गराउन सके भने कूटनैतिक भूमिका उच्च रहेको मूल्यांकन गरिने गरिन्छ । यसैले राष्ट्रपति लिन्डन वि जोनसनको निकट रहेका राजदूत एल्सवर्थले राजा महेन्द्रको अमेरिका भ्रमणका लागि आबश्यक कार्य सम्पन्न गराएका थिए ।
एक महिना लामो अमेरिकी भ्रमणको समय अमेरिकी बिभिन्न शहर लगायत उत्तर अमेरिकी अन्य देशको समेत भ्रमण गर्नुभएको थियो । नेपालमा राजाबाट स्थापित पञ्चायती ब्यबस्थाबाट राष्ट्रपति जोनसन समेत प्रभावित भएका थिए । भियतनाममा अमेरिकी उपस्थितीको विषयमा समेत राजाले बिशेष चासो राख्दै भियतनाममा जेनेभा सन्धी अनुरुप छिट्टै शान्ति आउने आशा समेत गरेका थिए । भ्रमणको समाप्तीमा राष्ट्रपति जोनसनले नेपाल भ्रमण गर्ने इच्छा ब्यक्त गरेका थिए ।
राजाको फिर्ती पछि अमेरिकी उपराष्ट्रपति स्पाइरो एग्न्यू नेपालको बाइस घण्टे भ्रमणमा आएका थिए । देखावती रुपमा अमेरिकी उपराष्ट्रपतिको यो भ्रमण सौहाद्रपूर्ण थियो । साथै चन्द्रमामा लगिएको नेपालको झण्डा तथा चन्द्रमाको चट्टानको टुक्रा हस्तान्तरण गर्नु थियो । तर गोप्य रुपमा नेपालमा गाँजा प्रतिवन्ध गर्न लगाउनु थियो । अहिले सम्म पनि नेपाल सरकारले गाँजालाई प्रतिवन्ध नै गरिरहेको छ तर कतिपय देशले यसलाई औषधीको रुपमा यसको खेती थालिसकेको छ ।
यस भ्रमण पछि अमेरिकी बिदेश मन्त्री कोलिन पावेलले सन २००२ को जनवरी १८ मा भ्रमण गरेका थिए । माओवादी द्वन्दको चरमउत्कर्षको समय भएको यस भ्रमण पनि कुटनैतिक दृष्टिकोणले समेत निकै विवादमा रहेको थियो । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको समय माओवादी विरुद्ध राज्य लागिरहदा हतियारको माग गरेको नेपालको कुनै सुनुवाइ नै नगरि प्रधानमन्त्री भ्रमणलाई समेत निजी भ्रमणको सज्ञा दिएर कुनै औपचारिकता नै राखेको थिएन । पावेलको भ्रमण पछि भने कुनै पनि अमेरिकी उच्च पदस्थ ब्यक्तिको नेपाल भ्रमण भएको छैन ।
तस्विरमा राजा महेन्द्रको ह्वाइट हाउसमा स्वागत गरिएको समयको हो । नेपालको झण्डा सहित राखिएको द्वारको तल नेपाली भाषामा नै "स्वागतम श्री ५ महाराजधिराज तथा श्री ५ बडामहारानी" लेखिएको ब्यानर पनि झुन्ड्याइएको छ । राजा सवारी भएको कारमा नेपाल तथा अमेरिकी झण्डा राखिएको छ भने पर्याप्त सुरक्षाको प्रवन्ध पनि गरिएको छ । तर अचेल गणतन्त्र नेपालका राष्ट्रपतिको अमेरिका भ्रमणलाई भने अमेरिकी सरकारले खासै महत्व नै दिएको देखिदैन । यो फोटो लाइफ पत्रिकाका प्रसिद्ध फोटोग्राफर फ्रान्सिस मिलरले खिचेका थिए ।
शब्द, तस्बिर स्रोत : सुनिल उलक
हुम्ला – रसुवाको केरुङ नाकाबाट चीनको तिब्बती मार्ग हुँदै नेपाल र चीनको...
काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र रिड गर्ने २००...
एटीएस नेपाल हालै मात्र नेपाली बजारमा उपलब्ध गराइएको विभिन्न सुविधा सहितको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...