किया सोनेटको धमाकाः बन्यो भारतमा सबैभन्दा बढी बिक्री हुने एसयूभी

किया मोटर्स इन्डियाको किया सोनेटले भारतीय बजारमा धुम मचाइरहेको छ । नोभेम्बरमा सो एसयूभी भारतमा सबैभन्दा बढी बिक्री हुने सब कम्प्याक्ट एसयूभी बनेको छ ।

किया सोनेट गएको वर्षको नोभेम्बर भन्दा यो वर्षको नोभेम्बरमा ५० प्रतिशत बढी बिक्री भएको छ । नोभेम्बर २०२० मा कम्पनीले २१ हजार २२ युनिट बिक्री गरेको छ ।

सब कम्प्याक्ट एसयूभी सेगमेन्टमा मारुती सुजुकीको भिटारा ब्रेजाको दबदबा कायम रहेको छ । यद्यपि २०२० नोभेम्बरमा किया सोनेट बिक्रीमा नम्बर १ भएको छ । हालसम्म किया सोनेट भारतमा ५० हजार बुकिङ भइसकेको छ । कम्पनीले सोनेटको बुकिङ २० अगस्तबाट शुरु गरेको थियो । हाल कम्पनीको सोनेट एसयूभी हरेक ३ मिनेटमा २ युनिट बुकिङ हुने गरेको छ ।

किया मोटर्स इन्डियाले सोनेट एसयूभी १८ सेप्टेम्बर २०२० मा भारतमा लन्च गरेको थियो । सो कार लन्च गरेको १२ दिनमा नै बेस्ट सेलिङ एसयूभी बनेको थियो । सेप्टेम्बर महिनामा सो कार ९ हजार २६६ युनिट बिक्री गरेको थियो ।

किया सोनेट ३ इन्जिन अप्सनमा उपलब्ध रहेको छ । सोनेटमा १.० लिटर टर्बाे पेट्रोल इन्जिनको साथमा डुअल क्लच एटी समावेश गरिएको छ जसले ११७ बीएचपीको पावर र १७२ एनएमको टर्क जेनेरेट गर्छ । सो कारमा १.२ लिटर पेट्रोल इन्जिनको साथमा ५ स्पिड म्यानुअल ट्रान्समिशन समावेश गरेको छ । जसले ८१ बीएचपीको पावर र ११५ एनएमको टर्क जेनेरेट गर्छ ।

सोनेटमा समावेश गरेको अर्काे इन्जिन १.५ लिटर डिजेल इन्जिन हो जसले ११३ बीएचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल ट्रान्समिशन समावेश गरेको छ । भेन्युमा उपलब्ध नयाँ फिचर आइएमटी सेमी अटोमेटिक ट्रान्सशिन सोनेटमा पनि उपलब्ध रहेको छ । किया सोनेटमा डिजेल इन्जिनको साथमा ६ स्पिड टर्क कन्भर्टरको विकल्प पनि रहेको छ ।

किया सोनेटको शुरुवाती एक्स शोरुम मूल्य ६ लाख ७१ हजार भारु रहेको छ । सो कारको टप भेरिएन्टको मूल्य १२ लाख ८९ हजार भारु तोकिएको छ ।

नेपाली बजारमा पनि हालै किया सोनेट भित्रिएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...