स्थापित हुने क्रममा कियाको बजार, सेल्टोस र सोनेटको बिक्रीले जगाएको आशा

कोरियाली अटो मेकर किया मोटर्सले भारतीय बजारमा सवारीसाधन उत्पादन थालेपछि नेपाली बजारमा समेत यसको प्रभाव बढ्न थालेको छ । डेढ बर्षअघि भारतमा सेल्टोस एसयुभीमार्फत बजार प्रबेश गरेको कियाले एकपछि अर्को सफलता हात पार्दै जाने क्रममा केही समयअघि सोनेटलाई बजारमा उतारेको थियो । हाल यी दुबै मोडलका एसयुभी लोकप्रिय बनिरहेका छन् ।

नेपाली बजारमा किया ब्रान्ड भित्रिएको २ दशक बितसकेको छ । सुरुवाती समयमा यसले राम्रै चर्चा बटुल्न समेत सफल भएको थियो । तेस्रो मुलुकबाट आयत हुने सवारी ब्रान्डमा यसले अग्र स्थान हाँसिल समेत गरेको थियो । तर पछि बजारमा भारतीय ब्रान्डको बर्चश्व बढ्न थालेपछि भने यसको बिक्री नराम्रोसंग प्रभाबित बन्यो । जसका कारण झण्डै १ दशकसम्म यो ब्राण्डको बजार नेपालमा नराम्ररी प्रभाबित बन्यो ।

मुल कम्पनी एउटै भएपनि हुन्डाईले लोकप्रियता हासिल गर्दै जाँदा कियालाई भने नेपालमा बजार जोगाउन नै हम्मेहम्मे परेको थियो । भलै भारतमा यसको उत्पादन थालिएपछि नेपाली बजारमा समेत यसले आफ्नो बजार हिस्सा बढाउन थालेको छ । भारतमा समेत लोकप्रियता हासिल गरिरहेको कियाले नेपाली बजारमा सेल्टोस र सोनेट एसयुभीमार्फत राम्रो नतिजा हात पारिरहेको छ । यी दुई एसयुभीले छोटो समयमा हाँसिल गरेको उत्साहजनक बिक्रीले यसलाई पुष्टि गरेको छ ।

कोरोना महामारीका कारण आर्थिक गतिबिधी नै अबरुद्ध बनिरहेको अहिलेको परिस्थितका बावजुत पनि सेल्टोस र सोनेट जुन परिणाममा बिक्री भएका छन्, यसले कियाको बजार भोलिका दिनमा झनै बढेर जाने निश्चित गरेको छ । नेपाल भित्रिएको १ बर्ष अबधीमा १ हजार युनिट सेल्टोस र २ महिनामा २५० युनिट सोनेट बिक्री गर्न सफल भएको आधिकारिक बितरक कन्टिनेन्टल इन्टरप्राइजेजले बताएबाट बिचको लामो समय गुमनाम प्राय: रहेको यो ब्रान्डको बजारले गति लिन थालेको प्रष्ट हुन्छ ।

सेल्टोस र सोनेटको बिक्रीबाट अनपेक्षित परिणाम हात पारेपछि बितरक कम्पनी कन्टिनेन्टल इन्टरप्राइजेज हाल यसको बिक्री देशभर बिस्तार गर्ने क्रममा रहेको छ । बिक्री र बिक्री पछिको सेवामा जोड दिँदै बजार बिस्तार गर्न सफल भएको खण्डमा कियाको नेपाली बजार छिट्टै स्थापित हुने देखिन्छ । जसका लागि कम्पनीले स्पेयर पार्टस् र सर्भिस सेन्टर सहितको थ्रिएस नेटवर्क बिस्तारमा पनि उत्तिकै जोड दिनुपर्ने देखिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...