बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
किया मोटर्सले ब्याट्रीबाट चल्ने पहिलो इलेक्ट्रिक कार ईभी६ को आधिकारिक तस्बिर सार्वजनिक गरेको छ । कियाले यो भन्दा पहिले ई–निरो र सोल ईभी नामक इलेक्ट्रिक कार बजारमा उपलब्ध गराइसकेको भए पनि ईभी६ नै विशेष रुपमा इलेक्ट्रिक वाहनका लागि बनाइएको प्लेटफर्ममा तयार गरिएको हो ।
कियाले आगामी दिनमा नयाँ इलेक्ट्रिक मोड्युलर प्लेटफर्म अर्थात ई–जीएमपी इलेक्ट्रिक कारमा प्रयोग गर्नेछ । यो नयाँ डिजाइन फिलोसोफीको एक हिस्सा हुनेछ ।
कियाद्वारा जारी गरिएको झलकका आधारमा यो गाडीको वारेमा केही अन्दाज लगाउन सकिन्छ । यसको पछिल्लो भाग सम्म हेर्दा कुपेको जस्तो छत राम्रो देखिएको छ । यसमा भएका स्लिक हेडलाइट र एलईडी प्याटर्न पनि राम्रो देखिएको छ ।
कियाले कारको वारेमा अन्य जानकारी भने सार्वजनिक गरेको छैन । यद्यपि यसले सिंगल चार्जमा ५ सय किमी भन्दा बढी रेन्ज दिने र २० मिनेटमै फास्ट चार्ज गर्न सकिने बताइएको छ । यो कार यो वर्षको पहिलो त्रैमासिक भित्रै बजारमा आउने अनुमान भने गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...