किया र नेटाको नयाँ ईभी बिक्री सुरु हुँदै, यस्तो हुनेछ मुल्य र रेन्ज

नेपाली अटो बजारमा अवको केही समयपछि थप दुई नयाँ मोडलका ईभी भित्रिने भएका छन् । किया गाडीको नेपालका लागि आधिकारिक वितरक कन्टिनेनटल ट्रेडिङले यहि महिनाको मध्यदेखी बहुप्रतिक्षित ईभी–६ डेलिभरी दने तयारी थालेको छ भने नेटा एक्सलाई डेढ महिनापछि नेपाल ल्याउने तयारीका साथ आधिकारिक वितरक सिजी मोटर्सले बुकिङ लिन थालेको हो ।

कीयाले बिक्री सुरु गर्न लागेको ईभी–६ मा ७७.४ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ भने १६० किलोवाट पिक पावर भएको मोटर दिइएको छ । सो ईभीलाई एकपटक फुल चार्ज गर्दा ५१० किलोमिटर रेन्ज पाउन सकिने दावी गरिएको छ । ईभी–६ को मूल्य नेपाली बजारमा १ करोड २५ लाख हाराहारी तय हुनसक्ने आँकलन गरिएको छ ।

२०२२ को कार अफ दि इयर अवार्ड हात पारेको ईभी–६ लाई कियाले आफ्नो इभी डेडिकेटेड प्लेटफर्म ई–जीएमपीमा तयार पारेको हो । रियर ह्विल ड्राइभ सिस्टम दिइएको ईभी–६ निकै आरामदायी र प्रिमियम फिचरले सुसज्जित छ । सो नयाँ ईभीमा कियाले फराकिलो इन्टेरियर स्पेस दिएको छ ।

यसैगरी, होजोन मोटर्सको बिक्रेता सिजी मोटर्सले नेपाल ल्याउने तयारी थालेको नेटा एक्समा ७२.०८ किलोवाट आवरको ब्याट्री र १२० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सो ईभीलाई एकपटक फुल चार्ज गर्दा ५०० किलोमिटरसम्म रेन्ज पाउन सकिने दावी कम्पनीले गरेको छ । कम्पनीले यसको मूल्य ५४ लाख कायम हुने जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...