५ दिनपछि लन्च हुँदै नयाँ एट्टो१ : साइज, पावरट्रेन र फिचरमा ब्यापक परिवर्तन
बीवाईडीको दोस्रो पुस्ताको लोकप्रिय विद्युतीय कार एट्टो१(चिनियाँ बजारमा...
जापानको एक सानो स्टार्टअप कम्पनी केजी मोटर्सले बनाएको एक सिटे इलेक्ट्रिक कार "मिबोट" ले जापानमा चर्चा बटुल्दैछ। सानो आकार, कम मूल्य र ग्रामीण प्रयोगकर्तालाई लक्षित सो कार अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
मिबोट केवल एक जना बस्न मिल्ने कार हो, जुन १०० किलोमिटरको रेन्ज, ६० किलोमिटर प्रतिघण्टा गति र ५ घण्टामा चार्ज हुने क्षमता राख्छ। यसको मूल्य करिब ११ लाख रुपैयाँ पर्छ। यो विशेष गरी साँघुरा गल्ली र गाउँका सडकका लागि डिजाइन गरिएको हो।
केजी मोटर्सका संस्थापक काजुनारी कुसुनोकीले वृद्ध मानिसहरुको समस्या देखेपछि सस्तो र सरल सवारी बनाउने सोच विकसित गरेका थिए । उनले २०२२ मा कम्पनी स्थापना गरेका थिए । कम्पनीले अहिलेसम्म २ हजार २५० युनिट भन्दा बढी अर्डर प्राप्त गरिसकेको छ ।
जापानमा इलेक्ट्रिक सवारी साधनको प्रयोग कम भए पनि ‘केई कार’ जस्ता साना सवारी निकै लोकप्रिय छन् । मिबोट पनि यही श्रेणीमा पर्छ तर यो एकदम न्यूनतम डिजाइन भएको, एक सिटे कार हो, जसले गाउँ–गाउँमा निजी सवारीको सम्भावना बढाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...