नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का
काठमाडौं – लामो समयदेखि प्रतीक्षामा रहेको नागढुंगा–सिस्नेखोला...
काठमाडौँ - जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागबाट जानकारी प्राप्त भएकाले अबको केही दिन रातको समयमा काठमाडौँ भित्रिन र यहाँबाट बाहिर यात्रा नगर्न अनुरोध गरेको छ ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचना बमोजिम यही असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा भारी वर्षा हुने र सोबाट जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भू–क्षय जस्ता विपद्जन्य घटनाहरु घट्न सक्ने सम्भावना भएको हुँदा आ–आफ्नो स्थानमा नै रही सतर्कता र सावधानी अपनाउन अनुरोध गरिएको बताए।
उनले अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दूरीको यात्रा नगर्न पनि अनुरोध गरेका छन्। उनले एक सूचना जारी गरी भनेका छन्, “काठमाडौँबाट बाहिर जाने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने महानुभावहरुले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ।”
विपद्को समयमा तत्काल कुनै प्रकारको उद्धार, सहयोग र राहत आवश्यक परेको खण्डमा जिल्ला प्रहरी परिसर, काठमाडौँको सम्पर्क नं १६६०–०१–४१५१६, ९८५१२८३०२६, ०१–५७२१०१७, सशस्त्र प्रहरी बल नेपाल नं। २० (विपद उद्धार) गण, सिनामंगलको सम्पर्क नं ९८५१२७२०३५, ०१– ४४७१३३७ र जिल्ला आपत्कालीन कार्य संचालन केन्द्रको सम्पर्क नं ९८५१३६२९३७ मा सम्पर्क गर्न समेत प्रशासनले सूचना जारी गरी अनुरोध गरेको छ ।
यसअघि नै ललितपुर प्रशासनले पनि कान्ति लोकथपका सवारी अवागमन रोक्ने निर्णय गरिसकेको छ । विहान ६ देखि दिउँसो ४ बजेसम्म मात्र सवारी सञ्चालन गर्ने र चार चक्केभन्दा ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भइसकेको छ ।
अन्य विभिन्न जिल्लाले पनि जोखिम क्षेत्रमा सवारी आवागमन रोक्ने निर्णय गरिसकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि नै मनसुनी गतिविधि सक्रिय हुने छ । शनिवार र आइतबार बढी वर्षा हुने अनुमान विभागले सार्वजनिक गरिसकेको छ ।
काठमाडौं – लामो समयदेखि प्रतीक्षामा रहेको नागढुंगा–सिस्नेखोला...
तनहुँ – मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल...
काठमाडौँ – सरकारले नुवाकोटको टोखा–छहरे सुरुङ मार्ग निर्माण सुरु गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...