नेपाली बजारमा जिप -यांग्लरको लाइनअपमा थपियो जिप ग्लेडियटर

काठमाडौं – नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिप -यांग्लरको लाइनअपमा नयाँ जिप ग्लेडियटर थपेको छ । जिप ग्लेडियटर जिपको आइकनिक-¥यांग्लरमा आधारित छ र ‘गो एनिह्वेयर, डु एनिथिङ’ क्यापाबिलिटी, ‘एड्भान्स्ड टेक्नोलोजिकल फिचर’, जिपको परिचित डिजाइन र ‘ओपन–एअर फ्रिडम’ रहेको छ ।

एमएडब्लु लाइफले यसअघि आफ्नो ‘सीबीयु लाइनअप’मा ‘टु डोर’ र ‘फो डोर’ रुबिकन र ‘फो डोर’ सहारा -यांग्लर उपलब्ध गराउँदै आएको थियो ।

एमएडब्लु लाइफले नेपालमा ग्लेडियटरको ओभरल्यान्ड ट्रिम ल्याएको हो जसमा ३ं६ लिटरको पेन्टास्टार भी६ पेट्रोल इन्जिन छ जसले २०६ किलोवाट पावर र ३२७ एनएम टर्क उत्पन्न गर्छ ।

यसको ‘अफरोड क्यापाबिलिटी’ जिपको ‘सेलेक–ट्रयाक एक्टिभ अन–डिमान्ड ४ बाई ४ सिस्टम’ले दिन्छ । यो सिस्टमले २.७२ः१ ‘लो रेन्ज गियर रेसियो’ र ३.७३ ‘रियर एक्सल रेसियो’सहितको ‘डाना ४४ एक्सल गरी टु–स्पिड ट्रान्सफर केस अफर’ गर्छ । भी६ इन्जिनलाई ‘लो–एन्ड टर्क’का लागि ‘अप्टिमाइज’ गरिएको छ जुन ‘अफरोडिङ’का लागि आवश्यक छ । ग्लेडियटरको ‘टोविङ’ क्षमता २७२१ केजी रहेको छ ।

जिप ग्लेडियटरलाई ‘क्यापाबल कार्गो क्यारियर’ बाट ‘विकेन्ड फन’ र दैनिक प्रयोजनका लागि ‘फुल्ली कस्टमाइज्ड लाइफस्टाइल भेइकल’ मा सजिलैसँग परिणत गर्न सकिन्छ । जिप ¥यांगलर ‘फो डोर’ को तुलनामा यसको फ्रेम ७८७ एमएम लामो र ह्विलबेस ४९२ एमएम लामो छ ।

यसको ‘एप्रोच एंगल’ ४०.७ डिग्री, ‘ब्रेक एंगल’ १८ं४ डिग्री, ‘डिपार्चर एंगल’ २२५.१ डिग्री र ‘ग्राउन्ड क्लियरेन्स’ २८३ एमएम रहेको छ ।

जिप ¥यांगलरमा जस्तै यसको ‘हार्डटप’ पनि सजिलैसँग निकालेर ‘नेकेड’ बनाउन सकिन्छ जसले सहर वा ‘ट्रेल’ दुवैमा ‘ओपन एअर फ्रिडम’लाई प्रत्याभूत गर्छ ।

ग्लेडियटरमा लामो ह्विलबेसको ‘अनरोड ड्राइभिङ डाइनामिक्स’ का लागि र नयाँ ‘लोड ट्रे’लाई सपोर्ट गर्न ‘कम्प्रेहेन्सिभ फाइभ–लिंक सस्पेन्सन’ सिस्टम राखिएको छ । ‘ट्रे’को ‘पेलोड’ क्षमता ६२० केजी छ र ‘अन्डर रेल बेड लाइटिङ’ र ‘इन्टिग्रेटेड टाई डाउन’ राखिएको छ जुन साइकल, डर्ट बाइक, सर्फबोर्ड र एटीभी जस्ता ‘एड्भेन्चर इक्विपमेन्ट’ राख्न सहज बनाउँछ ।

सुरक्षाका लागि यसमा ७० भन्दा बढी ‘एक्टिभ’ र ‘प्यासिभ सेफ्टी एन्ड सेक्युरिटी फिचर’ रहेका छन् । साथै, ग्रिडसहितको पार्कभ्यु रियर क्यामेरा, ‘फ्रन्ट एन्ड रियर पार्क असिस्ट’, ‘इलेक्ट्रोनिक रोल मिटिगेसन’सहितको ‘इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल’ जस्ता सुरक्षा फिचर छन् ।

ग्लेडिएटर ‘ब्ल्याक’ र ‘फायरक्रेकर रेड’मा उपलब्ध छ । यसको मूल्य २ करोड २० लाख रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

स्कोडा स्लाभिया बन्न सक्छ २०२२ को गेम चेन्जर

स्कोडा स्लाभिया बन्न सक्छ २०२२ को गेम चेन्जर

स्कोडाले भारतमा २० वर्ष पुरा गरेको छ । स्कोडासँग हाल यसको लाइन–अपमा चारवटा...

स्कोडा कुशाकको २०२३ मोडल नेपाल आउँदै, शुरुवाती मूल्य ४९ लाख ९० हजारमा खुल्यो वुकिङ

स्कोडा कुशाकको २०२३ मोडल नेपाल आउँदै, शुरुवाती मूल्य ४९ लाख ९० हजारमा खुल्यो वुकिङ

स्कोडा कुशाकको २०२३ मोडल नेपाल आउने भएको छ । नेपालका लागी आधिकारिक...

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ ईभी लन्च गर्ने तयारीमा स्कोडा, के के छन् विशेषता ?

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ ईभी लन्च गर्ने तयारीमा स्कोडा, के के छन् विशेषता ?

स्कोडा अटोले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ ईभी एपिक लन्च गर्ने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...