चांगनको प्रिमियम पिकअप हन्टरको खुल्यो बुकिङ, पहिलो ३० ग्राहकका लागि ७५.५० लाख मूल्य
काठमाडौं – चीनको अग्रणी अटोमोबाइल ब्रान्डले चांगन अटोले आफ्नो प्रिमियम...
हुन्डाई क्रेटा र किया सेल्टोस हाल बजारमा निकै नै लोकप्रिय एसयूभी हुन् । यी दुवै एसयूभीसँग प्रतिस्पर्धा गर्न जिपले चाँडै नै नयाँ एसयूभी लन्च गर्ने सम्भावना छ । रिपोर्टका अनुसार जिपको नयाँ एसयूभीको मूल्य निकै कम हुनेछ । जिप इन्डियाले २०२१ मा स्थानीय रुपमा एसेम्बल गरेको -याङलर लन्च गरेको थियो भने हालै कम्पनीले ग्रान्ड चेरोकी लन्च गरेको छ ।
जिप ग्रान्ड चेरोकी स्थानीय रुपमा एसेम्बल गरेको पाँचौ जेनेरेसन मोडल हो । कम्पनीले मे २०२२ मा जिप मेरिडियन फुल साइज ७ सिटर एसयूभी लन्च गरेको थियो । जसको मूल्य २९ लाख ९० हजार देखि ३६ लाख ९५ हजार भारु रहेको छ ।
जिपले अर्काे वर्ष पनि आफ्नो उत्पादन बढाउने तयारी गरिरहेको छ । कम्पनीको एसयूभी बिक्रीमा हरेक वर्ष १३० प्रतिशतले बृद्धि भइरहेको जानकारी दिइएको छ ।
हाल जिपले बजारमा कम्पास, मेरिडियन, -याङलर र ग्रान्ड चेरोकी बिक्री गरिरहेको छ । २०२३ मा जिपको आम्दानीमा २० प्रतिशतको बृद्धि हुने अपेक्षा गरिएको छ । यद्यपि कम्पनीले अर्काे वर्षको आफ्नो पोर्टफोलियोको बारेमा जानकारी दिएको छैन ।
रिपोर्टका अनुसार कम्पनीले चाँडै नै जिप एभेन्जर जस्तो मिड साइजको एसयूभी लन्च गर्ने सम्भावना छ । यो सीएमपी प्लेटफर्ममा आधारित हुनेछ । यसमा १.२ लिटर टर्बाेचाज्र्ड पेट्रोल इन्जिन जडान गरिनेछ । जसले लगभग १०० बीएचपीको पावर जेनेरेट गर्नेछ ।
काठमाडौं – चीनको अग्रणी अटोमोबाइल ब्रान्डले चांगन अटोले आफ्नो प्रिमियम...
स्कोडा कुशाक र फक्सवागन टाइगन दुबै मिड साइज एसयूभी हुन् । दुबै मोडलको...
नक्शाल हुँदै जाँदा चांगनको नवनिर्मित सोरुमले जो कोहीको पनि ध्यानाकर्षण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...