आयो नयाँ जिप कम्पास ट्रेलहक, बन्यो अझै अफरोड ड्राइभिङमैत्री

जिप इन्डियाले भारतीय बजारमा जिप कम्पास ट्रेलहक लन्च गरेको छ । केही दिन पहिले टिजर जारी गरिए पश्चात यसको निकै नै प्रतीक्षा गरिएको थियो । यसको सुरुवाती मूल्य ३० लाख ७२ हजार भारु तोकिएको छ ।

२०२२ जिप कम्पास ट्रेलहक विशेष गरी रोमान्स चाहने र अफरोड ड्राइभिङ रुचाउनेहरुका लागि उपलब्ध गराइएको हो । यसको ग्राउन्ड क्लियरेन्स २०५ एमएम छ । सो एसयूभीमा पहिले भन्दा कस्मेटिक अपडेट गरिएको छ, जसमा स्लिक एलईडी हेडल्याम्प र फ्रन्ट स्लेटेड ग्रिलमा परिवर्तन गरिएको छ ।

रेगुलर भर्सनको तुलनामा धेरैको ध्यान खिच्ने गरी यसमा विभिन्न परिवर्तन गरिएको छ । यसको बोनटमा भएको एन्टी ग्लेयर ग्राफिक्स सबैभन्दा धेरै आकर्षक छ । त्यसैगरी सिल्भर कलर्ड बेस प्लेट, ब्ल्याक अलोय ह्विल र ह्विल आर्च तथा डोर सिल्समा ब्ल्याक प्लास्टिक क्लेडिङका साथै पुरै ब्ल्याक आउट फ्रन्ट बम्पर छ ।

क्याबिनमा पनि ड्यासबोर्ड लेआउट र अपहोल्स्ट्री एकै खालको देखिन्छ । यसमा १०.२५ इन्चको अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस ए न्ड्रोइड अटो र एप्पल कारप्लेका साथै १०.२५ इन्च फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, कनेक्टेड कार टेक फिचर, प्यानोरामिक सनरुफ जस्ता फिचर उपलब्ध छन् । यसमा क्लाइमेट कन्ट्रोल, ३६० डिग्री कार पार्किङ जस्ता आधुनिक फिचर पनि उपलब्ध छन् ।

नयाँ जिप कम्पास ट्रेलहक २.० लिटर मल्टीजेट टर्बो डिजेल इन्जिनका साथ आउछ, जसले १७० बीएचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । यसमा ९–स्पिड अटोमेटिक गियरबक्स जोडिएको हुन्छ ।

जिपले जिप कम्पासको थ्री रो एडिसनयुक्त ७ सिटर एसयूभी अर्थात ‘मेरिडियन’ समेत लन्च गर्ने तयारी गरिरहेको छ । सम्भवतः सन् २०२२ को मध्यमा यसको लन्च गरिने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ स्कोडाको सबैभन्दा सानो र सस्तो कार एपिक, सार्वजनिक भयो कन्सेप्ट मोडल

यस्तो हुनेछ स्कोडाको सबैभन्दा सानो र सस्तो कार एपिक, सार्वजनिक भयो कन्सेप्ट मोडल

स्कोडा अटोले इन्ट्री लेभल इलेक्ट्रिक कार एपिकको कन्सेप्ट मोडल ल्याएको छ ।...

स्कोडा कुशाक साउनमा नेपाल आउने पक्का, स्कोडा नेपालको फेसबुक पेजमा ‘कमिङ सुन’ टिजर

स्कोडा कुशाक साउनमा नेपाल आउने पक्का, स्कोडा नेपालको फेसबुक पेजमा ‘कमिङ सुन’ टिजर

काठमाडौं – स्कोडाको नयाँ एसयूभी कुशाक साउनमा नेपाली बजारमा आउने औपचारिक...

बहुप्रतीक्षित एसयूभी स्कोडा कुशाकको नेपालमा बुकिङ सुरु

बहुप्रतीक्षित एसयूभी स्कोडा कुशाकको नेपालमा बुकिङ सुरु

काठमाडौं – स्कोडाको बहुप्रतीक्षित एसयूभी कुशाकको भारतमा मूल्य सार्वजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...