चर्चामा फिएट : भारतमा पुनरागमन हुन सक्ने अनुमान
एफसीएको मूल कम्पनी स्टेलान्टिसले फिएट ब्रान्डलाई भारतमा पुनः लन्च गर्ने...
जिप इन्डियाले भारतीय बजारमा जिप कम्पास ट्रेलहक लन्च गरेको छ । केही दिन पहिले टिजर जारी गरिए पश्चात यसको निकै नै प्रतीक्षा गरिएको थियो । यसको सुरुवाती मूल्य ३० लाख ७२ हजार भारु तोकिएको छ ।
२०२२ जिप कम्पास ट्रेलहक विशेष गरी रोमान्स चाहने र अफरोड ड्राइभिङ रुचाउनेहरुका लागि उपलब्ध गराइएको हो । यसको ग्राउन्ड क्लियरेन्स २०५ एमएम छ । सो एसयूभीमा पहिले भन्दा कस्मेटिक अपडेट गरिएको छ, जसमा स्लिक एलईडी हेडल्याम्प र फ्रन्ट स्लेटेड ग्रिलमा परिवर्तन गरिएको छ ।
रेगुलर भर्सनको तुलनामा धेरैको ध्यान खिच्ने गरी यसमा विभिन्न परिवर्तन गरिएको छ । यसको बोनटमा भएको एन्टी ग्लेयर ग्राफिक्स सबैभन्दा धेरै आकर्षक छ । त्यसैगरी सिल्भर कलर्ड बेस प्लेट, ब्ल्याक अलोय ह्विल र ह्विल आर्च तथा डोर सिल्समा ब्ल्याक प्लास्टिक क्लेडिङका साथै पुरै ब्ल्याक आउट फ्रन्ट बम्पर छ ।
क्याबिनमा पनि ड्यासबोर्ड लेआउट र अपहोल्स्ट्री एकै खालको देखिन्छ । यसमा १०.२५ इन्चको अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस ए न्ड्रोइड अटो र एप्पल कारप्लेका साथै १०.२५ इन्च फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, कनेक्टेड कार टेक फिचर, प्यानोरामिक सनरुफ जस्ता फिचर उपलब्ध छन् । यसमा क्लाइमेट कन्ट्रोल, ३६० डिग्री कार पार्किङ जस्ता आधुनिक फिचर पनि उपलब्ध छन् ।
नयाँ जिप कम्पास ट्रेलहक २.० लिटर मल्टीजेट टर्बो डिजेल इन्जिनका साथ आउछ, जसले १७० बीएचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । यसमा ९–स्पिड अटोमेटिक गियरबक्स जोडिएको हुन्छ ।
जिपले जिप कम्पासको थ्री रो एडिसनयुक्त ७ सिटर एसयूभी अर्थात ‘मेरिडियन’ समेत लन्च गर्ने तयारी गरिरहेको छ । सम्भवतः सन् २०२२ को मध्यमा यसको लन्च गरिने अनुमान गरिएको छ ।
एफसीएको मूल कम्पनी स्टेलान्टिसले फिएट ब्रान्डलाई भारतमा पुनः लन्च गर्ने...
काठमाडौं – स्कोडको नेपाली बजारमा रहेको लोकप्रिय एसयूभी कुशाक किन्नेले...
काठमाडौं – नेपालमा ग्रेटवाल र ह्यावलका गाडीहरु बिक्री–वितरण गरिरहेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...