बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
अन्तर्राष्टिय बजारमा लन्च भएको केही समयमै भारतमा पनि जिप कम्पास फेसलिफ्ट आगामी जनवरी ७ मा लन्च हुने भएको छ । नयाँ जिप कम्पासको एक्सटेरियर र इन्टेरियरमा प्रशस्तै अपग्रेड गरिएको छ ।
स्टाइलको सन्दर्भमा जिप कम्पास फेसलिफ्टमा इन्टिग्रेटेड एलईडी डीआरएल सहितको रिभाइज्ड हेडलाइट, हनिकम्ब जस्तै इन्सर्ट भएको सेभेन स्लट ग्रिल, ट्विक्ड फक्स स्किड प्लेटसहितको नयाँ फ्रन्ट बम्पर र नयाँ फगलाइट हाउजि सहितको ठूलो एयरड्याम रहेको छ । यी वाहेक सो एसयूभीको साइड र रियरमा कुनै परिवर्तन गरिएको छैन ।
इन्टेरियर
यसको इन्टेरियरमा भएको सबैभन्दा ठूलो परिवर्तन भनेको परिमार्जित स्टाइल सहितको ड्यासबोर्ड हो । यसमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ भने यसको तलतिर नयाँ एसी भेन्ट्स र एचभीएसी कन्टोल छ । टचस्क्रिनमा एफसीएको युकनेक्ट ५ इन्फोटेनमेन्ट सिस्टम छ भने यसमा अमेजन एलेक्सा सिस्टम, एप्पल कारप्ले र एन्डोइड अटो सपोर्ट हुने र ओभर द एयर अर्थात ओटुए अपडेट समेत हुन सक्ने छ ।
त्यसैगरी यसमा डबल स्टिच गरिएको लेदर इन्सर्ट र ब्रस आल्मुनियम जस्तै टिम हुनेछ भने नयाँ थ्री स्पोक अलोय ह्विल र फुल डिजिटल इन्स्ट्युमेन्ट क्लस्टर प्याकेज हुनेछ ।
इन्जिन र गियरबक्स
जिप कम्पास फेसलिफ्ट दुई इन्जिन अप्सनमा उपलब्ध हुनेछ । एउटा २.० लिटर डिजेल इन्जिनले १७३ एचपी पावर र ३५० एनएम टर्क दिन्छ भने अर्को १.४ लिटर टर्बो पेट्रोल इन्जिनले १६३ एचपी पावर र २५० एनएम टर्क दिन्छ ।
दुवै इन्जिनमा ६ स्पिड म्यानुअल स्ट्यान्डर्डको रुपमा उपलब्ध हुने छन् । पेट्रोल इन्जिनयुक्त कम्पास फेसलिफ्टमा ७ स्पिड ड्युअल क्लच अटोमेटिक र डिजेल इन्जिनयुक्त कम्पास फेसलिफ्टमा ९ स्पिड टर्क कन्भर्टर अटो अप्सनको रुपमा उपलब्ध हुनेछ ।
जिप कम्पास फेसलिफ्ट लन्च भयो भने यसले हाल बजारमा प्रचलित हुन्डाई टुसान र स्कोडा कारोकसँग प्रतिस्पर्धा गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...