हिरोका नयाँ प्रिमियम मोटरसाइकल १५० देखि ३५० सीसी सेग्मेन्टमा आउने
विश्वकै ठूलो दुई–पांग्रे सवारी साधन निर्माता कम्पनी हिरो मोटोकर्पले...
अन्तर्राष्टिय बजारमा लन्च भएको केही समयमै भारतमा पनि जिप कम्पास फेसलिफ्ट आगामी जनवरी ७ मा लन्च हुने भएको छ । नयाँ जिप कम्पासको एक्सटेरियर र इन्टेरियरमा प्रशस्तै अपग्रेड गरिएको छ ।
स्टाइलको सन्दर्भमा जिप कम्पास फेसलिफ्टमा इन्टिग्रेटेड एलईडी डीआरएल सहितको रिभाइज्ड हेडलाइट, हनिकम्ब जस्तै इन्सर्ट भएको सेभेन स्लट ग्रिल, ट्विक्ड फक्स स्किड प्लेटसहितको नयाँ फ्रन्ट बम्पर र नयाँ फगलाइट हाउजि सहितको ठूलो एयरड्याम रहेको छ । यी वाहेक सो एसयूभीको साइड र रियरमा कुनै परिवर्तन गरिएको छैन ।
इन्टेरियर
यसको इन्टेरियरमा भएको सबैभन्दा ठूलो परिवर्तन भनेको परिमार्जित स्टाइल सहितको ड्यासबोर्ड हो । यसमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ भने यसको तलतिर नयाँ एसी भेन्ट्स र एचभीएसी कन्टोल छ । टचस्क्रिनमा एफसीएको युकनेक्ट ५ इन्फोटेनमेन्ट सिस्टम छ भने यसमा अमेजन एलेक्सा सिस्टम, एप्पल कारप्ले र एन्डोइड अटो सपोर्ट हुने र ओभर द एयर अर्थात ओटुए अपडेट समेत हुन सक्ने छ ।
त्यसैगरी यसमा डबल स्टिच गरिएको लेदर इन्सर्ट र ब्रस आल्मुनियम जस्तै टिम हुनेछ भने नयाँ थ्री स्पोक अलोय ह्विल र फुल डिजिटल इन्स्ट्युमेन्ट क्लस्टर प्याकेज हुनेछ ।
इन्जिन र गियरबक्स
जिप कम्पास फेसलिफ्ट दुई इन्जिन अप्सनमा उपलब्ध हुनेछ । एउटा २.० लिटर डिजेल इन्जिनले १७३ एचपी पावर र ३५० एनएम टर्क दिन्छ भने अर्को १.४ लिटर टर्बो पेट्रोल इन्जिनले १६३ एचपी पावर र २५० एनएम टर्क दिन्छ ।
दुवै इन्जिनमा ६ स्पिड म्यानुअल स्ट्यान्डर्डको रुपमा उपलब्ध हुने छन् । पेट्रोल इन्जिनयुक्त कम्पास फेसलिफ्टमा ७ स्पिड ड्युअल क्लच अटोमेटिक र डिजेल इन्जिनयुक्त कम्पास फेसलिफ्टमा ९ स्पिड टर्क कन्भर्टर अटो अप्सनको रुपमा उपलब्ध हुनेछ ।
जिप कम्पास फेसलिफ्ट लन्च भयो भने यसले हाल बजारमा प्रचलित हुन्डाई टुसान र स्कोडा कारोकसँग प्रतिस्पर्धा गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...