ग्वाङझाउ मोटर शोमा सार्वजनिक भयो जिप कम्पास फेसलिफ्ट

जिप कम्पास फेसलिफ्ट सार्वजनिक भएको छ । कम्पनीले यो कारलाई चीनमा चलिरहेको ग्वाङझाउ मोटर शोमा प्रदर्शन गरेको हो । कारको एक्सटेरियर, स्टाइलिङ र इन्टेरियरमा केही परिवर्तन गरिएको छ । प्रिमियम एसयूभी मन पराउने ग्राहकका बीचमा यो कार निकै नै रुचाइएको पाइन्छ ।

कारको इन्टेरियरमा नयाँ स्टेयरिङ ह्विल र फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ । त्यसैगरी यसको फ्रन्टमा नयाँ बम्पर र अलोय ह्विलको प्रयोग गरिएको छ ।

नयाँ जिप कम्पास फेसलिफ्ट २.० लिटर डिजेल र १.४ लिटर पेट्रोल इन्जिनका साथ उपलब्ध छ । यी इन्जिनले क्रमशः १७३ एचपी र १६३ एचपी पावर जेनेरेट गर्छन् । पेट्रोल इन्जिन ७ स्पिड ड्युअल क्लच अटोमेटिक र डिजेल इन्जिन ९ स्पिड टर्क कन्भर्टरका साथ आउने छ ।

मोटर शोमा जिप कम्पास ट्रेलहकको पनि फेसलिफ्ट मोडल सार्वजनिक गरिएको छ ।

यो एसयूभीको प्रतिस्पर्धा हुन्डाई टुसान र स्कोडा कारोकका साथ हुनेछ । नेपाली बजारमा भने तत्कालै जिप कम्पास फेसलिफ्ट आउने सम्भावना छैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...