जिप कम्पास नयाँ अवतारमा आउँदै, नयाँ डिजाइन सार्वजनिक

जिपले कम्पास एसयूभीको नयाँ डिजाइन सार्वजनिक गरेको छ । यसको नयाँ डिजाइन पहिलेभन्दा अझ बोल्ड र आकर्षक देखिने भएको छ । यद्यपि कम्पनीले नयाँ प्रविधि र इन्टेरियर अपडेटको बारेमा जानकारी अझै सार्वजनिक गरेको छैन ।

नयाँ पुस्ताको जिप कम्पासको नयाँ डिजाइनमा आयताकार आकारको हेडल्याम्प दिएको छ । यसमा स्लटेड ग्रिल डिजाइन पहिले जस्तै कायम राखिएको छ। साइड प्रोफाइलको लुक र ह्विल आर्चमा पनि केही परिवर्तन देख्न सकिन्छ । यसको पछाडि एलईडी लाइटिङ एलिमेन्ट सहितको शार्प टेलल्याम्प देख्न सकिन्छ ।

नयाँ मोडल पुरानो मोडलभन्दा ठूलो हुनेछ । यसमा सेन्टर कन्सोल, ड्यासबोर्ड र डोर ट्रिम हुने अनुमान गरिएको छ । यसमा कनेक्टिभिटी र एडास किट पनि परिवर्तन गर्ने अपेक्षा गरिएको छ । साथै भेन्टिलेटेड लेदर सिट, भ्वाइस कमाण्ड, वायरलेस चार्जिङ र ड्युअल पेन सनरुफ लगायत धेरै फिचर पहिले जस्तै कायम राख्न सकिने अनुमान गरिएको छ ।

नयाँ पुस्ताको जिप कम्पास एसटीएलए मिडियम आर्किटेक्चरमा आधारित हुन सक्छ । यसमा इलेक्ट्रिक, हाइब्रिड र प्लग-इन हाइब्रिड विकल्प पनि देख्न सकिन्छ ।

सो एसयूभी २०२५ मा युरोपमा लन्च हुनेछ । साथै भारतमा यसको लन्च २०२६ पछि नै हुने अपेक्षा गरिएको छ । नेपाली बजारमा यो भर्सन भविष्यमा उपलब्ध हुन सक्छ ।

सम्बन्धित समाचारहरू

नयाँ मापदण्डका कारण वन्द भएको जीप कम्पास पेट्रोल इन्जिनमा पुनः आउने

नयाँ मापदण्डका कारण वन्द भएको जीप कम्पास पेट्रोल इन्जिनमा पुनः आउने

अमेरिकन अटो निर्माता जीपले आफ्नो लोकप्रिय एसयूभी कम्पसालाई पेट्रोल...

जिपको फेसलिफ्ट मोडल -याङलर लन्च, महिन्द्रा फाइभ डोर थारसँग प्रतिस्पर्धा गर्ने

जिपको फेसलिफ्ट मोडल -याङलर लन्च, महिन्द्रा फाइभ डोर थारसँग प्रतिस्पर्धा गर्ने

जिप इन्डियाले भारतमा आफ्नो लोकप्रिय अफ–रोडर एसयूभी जिप ¥याङलरको फेसलिफ्ट...

जिप कम्पास पनि इलेक्ट्रिक भर्सनमा आउने

जिप कम्पास पनि इलेक्ट्रिक भर्सनमा आउने

जिपले आफ्नो सर्बाधिक सफल मोडल कम्पासलाई इलेक्ट्रिक भर्सनमा ल्याउने भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...