एमएडब्लू अर्थमुभर्स लगातार चौथो वर्ष ‘डिलर अफ द इयर’ अवार्डबाट सम्मानित

काठमाडौं– जेसीबी कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टको नेपालका लािग एकमात्र आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले अन्तर्राष्ट्रिय मञ्चमा पुनः सफलता हासिल गरेको छ ।

जेसीबी वार्षिक डिलर कन्फरेन्स २०२६ मा कम्पनीले लगातार चौथो वर्ष ‘डिलर अफ द इयर – साउथ एसिया रिजन’ अवार्ड जित्न सफल भएको हो । चार वर्षसम्म लगातार यो क्षेत्रीय स्तरको शीर्ष उपाधि जित्नुलाई कम्पनीको ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको छ ।

यो अवार्ड १८ फेब्रुअरीमा श्रीलंकामा आयोजित वार्षिक जेसीबी डिलर सम्मेलनमा प्रदान गरिएको थियो । एमएडब्लू अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवालले जेसीबी इन्डिया लिमिटेडका सीईओ तथा प्रबन्ध निर्देशक दीपक शेट्टीबाट यो सम्मान ग्रहण गरेका हुन् । कार्यक्रममा सीईओ तेज प्रसाद सुवेदी तथा सीओओ (रिटेल सेल्स) दुर्गा प्रसाद निरौलाको पनि उपस्थिति रहेको थियो ।

‘डिलर अफ द इयर’ अवार्ड उत्कृष्ट बिक्री, बजारमा मजबुत उपस्थिति र ग्राहक सन्तुष्टिको कडा मूल्यांकनका आधारमा प्रदान गरिने कम्पनीले जनाएको छ । अत्यन्तै प्रतिस्पर्धाको बीचमा पनि एमएडब्लू अर्थमुभर्सले नेपालको हेभी इक्विपमेन्ट क्षेत्रमा आफ्नो अग्रणी स्थान र ’नम्बर १’ को स्थिति जोगाइराख्न सफल भएको छ ।

कम्पनीका अनुसार, यो सम्मान कम्पनीप्रतिको विश्वास र उत्कृष्ट कामको प्रमाण हो । आफ्नो फैलिँदो सञ्जाल र ग्राहकलाई प्राथमिकता दिने नीतिका कारण यो सम्भव भएको हो। यस उपलब्धिले नेपालको पूर्वाधार विकास र राष्ट्रिय समृद्धिमा योगदान पु¥याउने कम्पनीको लक्ष्यलाई अझ बलियो बनाएको छ ।

एमएडब्लू ग्रुप अफ कम्पनीजका एमडी तथा चेयरम्यान विष्णु कुमार अग्रवालले यो महत्वपूर्ण उपलब्धिले नेतृत्व क्षमता, काम गर्ने शैली र ग्राहकले राखेको विश्वासलाई फेरि प्रमाणित गरेको बताए । ‘हामी यो सम्मान देश निर्माणमा जुट्नुभएका सम्पूर्ण निर्माण समुदायलाई समर्पित गर्दछौं। सडक, पुल, जलविद्युत आयोजना, विमानस्थल र स्मार्ट सिटी निर्माणमा योगदान गर्ने प्रत्येक उद्यमी र पेसाकर्मी यस सम्मानका हकदार हुनुहुन्छ । हामी सबै मिलेर सशक्त नेपालको आधार निर्माण गरिरहेका छौं। लगातार चौथो वर्ष यो उपाधि जित्नुले उत्कृष्ट मेसिनरी र सेवामार्फत नेपालको विकासलाई गति दिने हाम्रो अठोटलाई अझ सुदृढ बनाएको छ’ उनले भने ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...