बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
नेपाली बजारमा हालै दुई मोडलका जावा बाइक भित्रिएका छन् । क्लासिक लिजेन्ड्सले उत्पादन गरेको जावा बाइक हाल नेपाली राइडरहरुका बीच निकै नै चर्चाको विषय बनेको छ ।
दुई मोडल मध्ये एक जावा क्लासिक हो । जावाको पुरानो लिगेसी कायम राख्नका लागि यसको डिजाइन गरिएकाले यसलाई जावा क्लासिक भनिएको हो । जावा क्लासिक बाइकमा २९३ सीसीको लिक्विड कुल्ड सिंगल सिलिण्डर इन्जिन जडान गरिएको छ । जसले २७ एचपीको पावर र २८ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । जावामा ६ स्पिड गियरबक्स ट्रान्समिसन समावेश गरिएको छ । यसमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिष्टम तथा ट्विन एक्जस्ट समावेश छ ।
जावा बाइकको ह्विल बेस १३६९ एमएम रहेको छ । जावाको सिट हाइट ७६५ एमएम छ । यसको तौल १७० किलोग्राम रहेको छ । जावाको इन्धन ट्यांकी १३ लिटरको रहेको छ ।
जावा बाइकमा कम्पनीले फ्रन्टमा एबीएसको साथमा २८० एमएम डिक्स ब्रेक र रियरमा १५३ एमएम ड्रम ब्रेक सेट अप गरेको छ । ड्युअल च्यानल एबीएसमा भने २४० एमएम डिस्क ब्रेक नै उपलब्ध छ ।
सो बाइकको फ्रन्टमा टेलिस्कोपिक हाइड्रोलिक फोर्क्स र रियरमा ग्याँसबाट चार्ज हुने ट्विन शक एब्जर्बर समावेश गरिएको छ ।
जावा क्लासिक सिंगल च्यानल एबीएसको मूल्य ६ लाख ४८ हजार ५ सय र ड्युअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...