जावा मोटरसाइकलको बीएस६ मोडल अब नेपाली बजारमा, क्रस पोट लेआउटको व्यवस्था

काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक एवं अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालि अन्तर्गत जावा मोटरसाइकलले देशभर आफ्नो डिलरसिप नेटवर्क मार्फत जावा र जावा ४२ को बीएस–सिक्स मोडलको वितरण र डेलिभरी सुरु गरेको छ ।

जावा मोटरसाइकल प्रेमीहरूले अब बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ्ग, बाग्लुङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट यी दुवै मोडलका जावा बाइकहरु बुकिङ गर्न सक्ने बताइएको छ ।

नेपाली बजारमा उपलब्ध जावा र जावा ४२ दुवैमा २९३ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर डीओएचसी इन्जिनको प्रयोग गरिएको छ । दुवै बाइकमा अब क्रस पोर्ट टेक्नोलोजी पनि समावेश गरिएको छ, जसले इन्जिनको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्याँस प्रवाहको लागि सहज बनाउनुका साथै कार्यक्षमता वृद्धि गर्ने र टर्क उत्पादन गर्ने गर्दछ ।

बिएस–फोर​ कन्फिगरेसन बराबरको पावर र टर्क उत्पादन गर्ने क्रस पोर्ट व्यवस्था भएको यो विश्वको पहिलो सिंगल सिलिन्डर इन्जिन भएकाले यसले ग्राहकहरूलाई त्यस्तै उत्कृष्ट राइडको अनुभव प्रदान गर्दछ । यस प्रविधिले मोटरसाइकलहरुमा विशिष्ट दोहोरा विशेषताहरू – समान शक्ति र टर्क फिगरहरू कायम राख्ने र उच्च बीएस–सिक्स प्रदूषण मापदण्डहरू पूरा गर्ने गर्दछ ।

विश्वको पहिलो क्रस पोर्ट लेआउट भएको सिंगल सिलिन्डरयुक्त​ जावामा भर्खरै राखिएको ल्याम्ब्डा सेन्सरले आन्तरिक र बाह्य पक्षहरुलाई अझ प्रभावकारी रूपमा निगरानी गर्दछ, जसको परिणामस्वरूप निरन्तर कार्यकुशलता र ड्राइभिङ अवस्थाहरूबाट स्वतन्त्र उत्सर्जन हुने गर्दछ । त्यसैगरी, सानोभन्दा सानो इनपुटहरुलाई पनि ध्यानपूर्वक​ राम्रो इन्धनको माध्यमबाट प्रतिक्रिया दिनका लागि थ्रोटल रेस्पोन्सलाई थप तीखो बनाइएको छ ।

सिटलाई नयाँ सिट प्यानका साथै लामो दूरीमा थप आरामदायी बनाउन कुशनिङको साथ पुनः इन्जिनियर गरिएको छ । कस्मेटिक डिपार्टमेन्टमा, क्रोम प्लेटिङ अब उद्योगको मापदण्डको साढे दुई गुणा मूल्याङ्कन गरिएको कठोर परीक्षणको समर्थनमा आउँछ । दुवै जावा मोडलहरू कन्टिनेन्टलद्वारा (एकल र दोहोरो च्यानल) एबीएसले सुसज्जित क्लास ब्रेकिङ प्रणालीहरूमा उत्कृष्ट हुने क्रम जारी राख्दछन् र साथै आफ्ना प्रतिस्पर्धीहरु बीच सबैभन्दा छोटो ब्रेकिङ दूरी र उत्कृष्ट नियन्त्रणका लागि चिनिने पनि गर्दछन् ।

यही सँगै, जावा बाइकका हुडमुनि हर्नको टोनदेखि लिएर स्लिकर गियरबक्ससम्म पनि धेरै सुधारहरू गसिएको छ ।

सम्बन्धित समाचारहरू

फर्मूला वान जस्तै देखिने गो कार्टमा दुध डेलिभरी, आनन्द महिन्द्राले गरे प्रशंसा

फर्मूला वान जस्तै देखिने गो कार्टमा दुध डेलिभरी, आनन्द महिन्द्राले गरे प्रशंसा

भारतमा एकजना व्यक्तिले दुध डेलिभरी गर्नका लागी फर्मूला वान जस्तै देखिने...

यो हो पेट्रोलबाट चल्ने विश्वकै शक्तिशाली कार : उत्पादन सुरु

यो हो पेट्रोलबाट चल्ने विश्वकै शक्तिशाली कार : उत्पादन सुरु

स्पोर्ट्स कार निर्माता कम्पनी एस्टन मार्टिनले आफ्नो पहिलो एस्टन मार्टिन...

महिन्द्राद्वारा नेपालमा अल–न्यु स्कर्पियो–एनको अनावरण

महिन्द्राद्वारा नेपालमा अल–न्यु स्कर्पियो–एनको अनावरण

काठमाडौँ – महिन्द्राले नेपालमा आफ्नो बहुप्रतीक्षित एसयुभी, ‘अल–न्यु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...