जगुआरको नयाँ लोगो सार्बजनिक, ईभीमा डेब्यू गरिने

जगुआरले आधिकारिक रूपमा आफ्नो नयाँ लोगो सार्बजनिक गरेको छ । २०२६ देखि ईभीमात्र उत्पादन गर्ने उद्घोष गरेको जागुअरले आफ्नो नयाँ ब्रान्ड पहिचानलाई बाहिर ल्याएको हो ।

ब्रान्डको नयाँ पहिचान जगुआरको अल–इलेक्ट्रिक फोर डोर जीटी कन्सेप्टमा डेब्यू हुने जनाइएको छ । जुन २ डिसेम्बर २०२४मा डेब्यू हुनेछ । कम्पनीले यसको डिभाइस मार्क, आर्टिस्ट मार्क, मेकर मार्क र स्ट्राइकथ्रु सहितको नयाँ सेट बनाएर सार्बजनिक गरेको हो ।

डिभाइस मार्कलाई पहिलेभन्दा फरक राउन्डर फन्ट प्रयोग गरेर माथिल्लो र तल्लो केसहरूमा सरल अक्षरमा ’जगुआर’ लेखिएको छ । ’मोनोग्राम’ पनि भनिने आर्टिस्ट मार्कले सर्कलभित्र ’जे’ र ’आर’ अक्षरहरू प्रस्तुत गरेको छ ।

हाल जागुआरको एफ–पेस मात्र विश्वव्यापी रूपमा बिक्रीमा छ । एफ–पेस एसयूभी २०२५ सम्म बिक्रीमा रहने अपेक्षा गरिएको छ र इलेक्ट्रिक जीटीको आगमन अघि बन्द हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...