नयाँ कलरमा थप बोल्ड देखियो यामाहाका यी तीन मोटरसाइकल
यामाहाले आफ्ना तीन लोकप्रिय मोडलमा नयाँ कलर थप गरेर २०२४ मोडल लन्च गरेको छ...
१५० सीसी माथिका बाइकमा सरकारले लगाएको आयात प्रतिबन्ध यही पुस १ गतेबाट हटेको छ । प्रतिबन्ध हटेसँगै विगत ८ महिनायता नेपाल आउन नपाएका यस्ता मोटरसाइकल भित्र्याउने तयारीमा व्यवसायी जुटेका छन् । आयात खुल्ला भएपनि बजारमा तरलताको अभाव र चर्को ब्याजदरका कारण तत्कालै बजार पुरानै लयमा फर्कने विषयमा भने उनीहरु शशंकित देखिन्छन् । मन्दीको अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्रका वावजुद आगामी दिनमा दुई पाङ्ग्रे सवारीको बजार कस्तो रहला भन्ने विषयमा नेपाल अटोले यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीसँग कुराकानी गरेको छ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सारसंक्षेप :
१५० सीसी माथिका मोटरसाइकलको आयातमा लगाइएको प्रतिवन्धले दुई पाङ्ग्रे सवारीको बजारमा कस्तो प्रभाव पा-यो ?
प्रतिबन्धका कारण ८ महिनासम्म हामीले १५० सीसी माथिका मोटरसाइकल तथा स्कुटर आयात गर्न पाएनौ । यसले पक्कै पनि यो सेग्मेन्टको बजारलाई नराम्रो असर त पा-यो नै, साथसाथै यो समयमा १५० सीसीसम्मका बाइकको बिक्री समेत प्रभावित वन्यो । अहिले समग्र टु ह्विलरको बजार खस्किएको छ । यसमा तरलताको अभाव, अटो लोनमा गरिएको कडाई र ब्याजदर वृद्धिजस्ता विषय प्रमुख कारण रहे । अहिले बजारमा नयाँ मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहक नै नभएका हुन् कि भनेर सोच्ने अवस्थामा पुगिसकेका छौ हामी ।
सरकारले आयात खुल्ला गरेपनि अन्य समस्याहरु जहाँको तहिँ रहेको अवस्था छ । यस्तोमा आगामी दिनमा टु ह्विलरको बजार कसरी अघि वढ्ला ?
अहिले अर्थतन्त्रमा चौतर्फी चुनौतीहरु देखा परिरहेका छन् । यसले अटोमोबाइलको बजारलाई मात्र नभएर समग्र अर्थतन्त्रलाई नै असर पारिरहेको छ । अटोमोबाइल क्षेत्रको कुरा गर्नुपर्दा अहिले सवारी साधनको मात्र नभएर सर्भिस सेन्टरदेखि स्पेयर पार्ट्स र रिकिन्डसन बजार सम्मको कारोवार कम भइरहेको छ । देशको अर्थतन्त्रमाथि नै चुनौती देखिएका कारण यो समस्या तत्कालै समाधान होला जस्तो मलाई लाग्दैन ।
अघिल्ला दुई आर्थिक वर्षको बिक्रीलाई हेर्ने हो भने २०७७/७८ मा कुल ३ लाख ५० हजार हाराहारी यस्ता साधन नेपाल भित्रिए । अघिल्लो आर्थिक वर्षमा यो झरेर २ लाख ७२ हजार हाराहारीमा पुग्यो । यो आर्थिक वर्षको ५ महिनामा आयात भएको संख्यालाई हेर्दा यो वर्ष १ लाख ५० हजार पनि पुग्न मुस्किल हुने देखिन्छ ।
मंसिर महिनामा सवै ब्रान्डको गरेर जम्मा ६ हजार २०० युनिट मात्र मोटरसाइकल तथा स्कुटर आयात भएका छन् । जवकी अघिल्ला आर्थिक वर्षको एक महिनामा एउटै ब्रान्डले सो भन्दा बढी संख्यामा मोटरसाइकल मगाउँदै आएका थिए । आयातको यस्तो निराशाजनक तथ्यांकले आगामी दिन निकै चुनौतीपूर्ण हुने देख्छु ।
नागरिकका लागि अत्यावश्यक जस्तै वनेको मोटरसाइकल तथा स्कुटरको बिक्री घट्नुमा अन्य कारण पनि जिम्मेवार छन् कि ?
तरलताको अभावसँगै शुरु भएको यो समस्यामा पछि गएर ब्याजदर समेत वृद्धि हुँदा ग्राहकले भुक्तानी गर्नुपर्ने किस्ता रकम समेत महंगो पर्न गयो । एक वर्षअघिसम्म ९ प्रतिशत हाराहारी ब्याजदरमा कर्जा लिएर बाइक खरिद गरेका ग्राहकले अहिले १७ प्रतिशतसम्म ब्याज तिर्नु परेको छ । ब्याजदर बढ्दा स्वभाविक रुपमा मासिक किस्ता वढ्ने नै भयो । मन्दीका कारण कमाई गुमाउनुको पिडासँगै किस्ता समेत बढ्ने भएपछि अहिले अधिकांश ग्राहकले सवारीसाधन खरिदमा चासो दिन छाडेका छन् ।
बाइकको बिक्री त कम छ नै, साथमा सर्भिस सेन्टरको काम समेत ५० प्रतिशत भन्दा कमले घट्दा डिलरहरु साँच्चिकै मारमा परेका छन् ।
अर्को तर्फ कोभिडका कारण विदेश जान रोकिएका युवाहरुको ठूलो जमात अहिले धमाधम उडिरहेका छन् । कोभिडको समयमा वाहिर जान नपाएका कारण ठूलो संख्यामा युवाहरु स्वदेशमै रोकिनु परेको थियो । सो समय उहाँहरुले मोटरसाइकल र स्कुटर खरिद गरेकै कारण टु ह्विलरको बजारले कीर्तिमानी रेकर्ड कायम राख्दै ३ लाख ५० हजारसम्म पुग्यो । तर अहिले तिनै युवाहरु धमाधम आफूसँग भएको पुरानो मोटरसाइकल तथा स्कुटरलाई सस्तो मूल्यमै रिकिन्डसन बजारमा बिक्री गरेर बाहिर गइरहेका छन् । यसले गर्दा पनि हाम्रो बजार कम भएको हो भन्ने मलाई लाग्छ । बाइकको बिक्री कम हुनुमा वढ्दै गइरहेको राइड सेयरिङ कल्चरले पनि भूमिका खेले जस्तो लाग्छ ।
बिक्री कम भएका कारण आयातकर्ता कम्पनीसँगै डिलर संचालकहरु पनि मारमा पर्न थालेका छन् । उनीहरुको व्यवसाय टिकाउने वारेमा चाहिँ कम्पनीले के सोचेको छ ?
यामाहाको हकमा भन्नुपर्दा अहिले हाम्रो देशभर १०९ वटा डिलर संचालनमा छ । हामी जस्तो समस्यमा छौ, उहाँहरुको समस्या झनै ठूलो छ । अहिलेकै बिक्री अनुपातलाई हेर्दा हामीले ती डिलरलाई कसरी टिकाइराख्ने भन्ने चुनौती थपिएको छ । बाइकको बिक्री त कम छ नै, साथमा सर्भिस सेन्टरको काम समेत ५० प्रतिशत भन्दा कमले घट्दा डिलरहरु साँच्चिकै मारमा परेका छन् । अवस्था यस्तै रहने हो भने अवको केही समयपछि ५० प्रतिशतभन्दा बढी डिलर बन्द हुने अवस्थामा पुग्ने मेरो अनुमान छ । अवस्था झनै विग्रन सक्ने भन्दै हामीले उहाँहरुलाई खर्च कटौती गर्न सल्लाह समेत दिन थालेका छौ ।
स्वदेशमै एसेम्बल प्लान्ट लगाउने र नयाँ मोडल ल्याउने विषयमा कम्पनीको योजना के छ ?
अहिलेकै अवस्थामा त हामीले त्यस्तो कुनै नयाँ योजना बनाएका छैनौ । जहाँसम्म एसेम्बल प्लान्टको कुरा छ हामीले यसमा एक तहको तयारी गरेर वसेका छौ । उपयुक्त समय आउनासाथ यसमा जान सकिन्छ । तर अहिलेकै अवस्थामा त्यतातर्फ सोच्न सकिने अवस्था छैन । नयाँ मोडललाई नेपाल ल्याउने विषयमा पनि हामी पर्ख र हेरको अवस्थामै छौ ।
यामाहाले आफ्ना तीन लोकप्रिय मोडलमा नयाँ कलर थप गरेर २०२४ मोडल लन्च गरेको छ...
नेपालको टु ह्विलर बजारमा पछिल्लो समय चिनियाँ ब्रान्डले बलियो पकड बनाउन...
यामाहा आरएक्स१०० सबैभन्दा लोकप्रिय मोटरसाइकल मध्ये एक हो । यामाहाले सो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...